बालेनको अर्को योजना : सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राख्ने

उज्यालो प्रतिनिधि २२ कार्तिक २०८०, बुधबार मुख्य नेटवर्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा (चौपाया) संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ।

महानगरभित्र भेटिएका गाईबाच्छा दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा राख्ने महानगरका मेयर बालेन साहले बताएका छन्। उक्त कार्य भोलि (बिहीबार)देखि सुरु गर्ने साहको भनाइ छ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’

काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको पनि उनले बताए। हेरचाह गर्न दुई स्थानीयलाई दैनिक ज्यालादारीमा लिएको छ।

दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधाको प्रबन्ध मिलाइएको उनको भनाइ छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार