चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ नेपाल आउँदै

उज्यालो प्रतिनिधि २२ कार्तिक २०८०, बुधबार उज्यालो फोकस

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् ।

औपचारीक भ्रमणमा बुधबार नेपाल आउन लागेका वाङको उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ ।

नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारी समेत साथै लिएर आउन लागेका वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयन बारे छलफल गर्नेछन् ।

वाङले आज उपराष्ट्रपति रामसहाय यादवलाई भेट्नेछन् । बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेट गर्ने कार्यक्रम रहेको छ  । २५ गते उपप्रधानमन्त्रीएवं गृहमन्त्री नारायणकाजीश्रेष्ठसँग भेट गर्ने छन् ।

चीन भ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार