काठमाडौँ । नेपाली कथानक चलचित्र परदेशी-२ माल्टामा पनि प्रदर्शन हुने भएको छ। आउँदा नोभेम्बर २५ र २६ गते दुई दिन उक्त चलचित्र प्रदर्शन हुने भएको हो।
नारायण रायमाझीको निर्देशनमा रहेको चलचित्र ब्लु हर्स इन्टरटेन्टमेन्टले माल्टामा प्रदर्शन गर्न लागेको हो। नोभेम्बर २५ मा पहिलो शो राति १०:४५ मा र २६ मा दोश्रो शो बिहान १० बजे प्रदर्शन हुन लागेको प्रचारप्रसार विभाग प्रमुख छेसाङ लोप्चन(अशिम)ले उज्यालो नेटवर्कलाई जानकारी दिए।
यस चलचित्रमा अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी छन्। उनीहरूको साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् ।
निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो ।
चलचित्र प्रदर्शनको बारेमा ब्लु हर्ष ईन्टरटेन्टमेन्टका संयोजक डि.एस.राणालाई ९९९६ ९०३४ मा सम्पर्क गर्न सकिनेछ।