समृद्ध अर्थतन्त्रको आधारस्तम्भ सहकारी

शिवु खनाल २० कार्तिक २०८०, सोमबार समाचार

देउखुरी । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको बताउनुभएको छ । सोमबार दाङको लमहीमा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारीको ११ औँ वार्षिक साधरसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुहुदैँ, समृद्धिको मुख्य आधार नै सहकारी रहेको बताए ।

प्रतिनिधि सभा सदस्य चौधरीले अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको बताए । उनले भने–। ‘देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने हुन्छ । हरेक क्षेत्रमा देखिएको नीतिगत समस्यालाई अपडेट गरि समृद्ध मुलुक निमार्णमा सबै क्षेत्र एकताबद्ध भएर लाग्नु पर्छ ।’ उनले मुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भमध्ये सहकारी भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधार स्तम्भ नै भएको स्पष्ट पार्नुभयो । यस्तै कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले सहकारीहरुको पुँजी सहि तबरले सञ्चालन गर्न नसकिएको बताए । सहकारीको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ, उनले भने,–। ‘उत्पादन मूलक क्षेत्रमा लगानी गर्न रहेका कानुनी अप्ठ्याराहरु केही छन् भने कानुनी अवरोध फकाउन सरकार तयार छ ।’

उनले कानुनी अवरोधलाई हटाई समृद्ध मुलुक निमार्णका लागि सहकारीको पुँजी परिचालन गरी हातेमालो गरी अघि बढ्न स्थानिय सरकार तयार रहेको बताए । यता लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले सहकारीहरु उत्पादन मै केन्द्रित हुनु आवश्यक रहेको बताए। यदि सहकारी उत्पादनमा केन्द्रित भएन भने सहकारी संस्थाहरु सहकारी रहँदैनन्, उनले भने,–। ‘लगानी गर्ने वातावरण र व्यवस्थित गर्ने काम सरकारले गर्छ ।’ त्यसैगरी कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले सहकारी अभियान आम नागरिकको अभियान भएको र सहकारीले उदाहरणीय काम गरेर देखाउनुपर्ने बताउनुभयो । उत्पादन, रोजगारी सिर्जना गर्नेतर्फ सहकारी केन्द्रित हुनुपर्ने तर्फ सहकारीलाई लाग्न उनले सुझाव दिए । ‘सरकारको नीति तथा कार्यक्रमको पालन गर्ने काम पनि सहकारीले गर्न सक्छ । जनताको आवश्यकताको काम सहकारीले गर्न सक्छ र गर्नुपर्छ, वडाध्यक्ष गिरीले भने ।’ कार्यक्रममा दिपन सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष पुनम घर्ती मगरले सहकारीहरु उत्पादनशिल क्षेत्रमा लगानी गरी काम गर्न तयार रहेको र कतिपय कुरामा कानूनी अवरोधले काम गर्न नसकेको बताए। ‘हरेक क्षेत्रमा सहकारीले उदाहरणीय काम गर्न सक्षम छ,

उनले भने ,–। ‘मुलुकको विकास र समृद्धिका लागि सहकारीलाई विविध क्षेत्रमा काम गर्ने वातावरण हुने हो भने सहकारीले नमूना काम गरेर देखाउने छ ।’ केही सहकारीमा विकृति देखिएको र उक्त विकृतिलाई हल गर्दै सहकारी अभियान अघि बढ्नुपर्ने कुरामा उनले जोड दिए । दिपन सामाजिक उद्यमी महिला सहकारीका लेखा समिति सदस्य इन्द्रा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाको लेखा संयोजक लक्ष्मी चौधरीले गर्नुभएको थियोे । कार्यक्रममा आर्थिक प्रतिवेदन तथा आगामि योजना प्रस्तुत संस्थाका व्यवस्थापक कृष्ण चौधरीले प्रस्तुतले गर्नुभएको थियो ।

सहकारीद्धारा विभिन्न व्यक्ती सम्मानित

दिपन सामाजिक उद्यमी महिला सहकारीले विभिन्न व्यक्तीहरुलाई सम्मानित गरेको छ । दिपन सामाजिक उद्यमी महिला सहकारील को ११ औँ वार्षिक साधरसभाको अवसरमा उत्कृष्ट समूह अन्तरगत लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर सरस्वती सहयोग समुह, जनकपुर जागृति सहयोगी समूह, सगरमाथा सहयोगी समुह र लमही नगरपालिका वडा नम्बर ८ पिपल चौतारी सहयोगी समुहलाई सम्मान गरेको छ । त्यसैगरी सहकारीले उत्कृष्ट बचत कर्ता मध्य उचानिम्बुकाको सृजनशिल सहयोगी समुह जिउरामी चौधरी र सयपत्रि सहयोगी समूह बनगईको चन्द्रावती सिंह ठकुरीलाई सम्मान गरेको हो । यसैगरी सहकारी संस्थाले जेष्ठ नागरिकबाट लमही नगरपालिका वडा नम्बर ७ नमुना सहयोगी समुह कमानपुरका कमिनी घर्ती, सबैभन्दा धेरै खसिबोका उत्पादन गरि सहकारी मार्फत बजारीकरण गर्ने लमही नगरपालिका वडा नम्बर ७ शुभकामना सहयोगी समुहका उत्कृष्ट उद्यमी चन्द्रावती चौधरी र लमही नगरपालिका वडा नम्बर ८ बगार बाबा सहयोगी समूह चन्चली चौधरीलाई सम्मान गरेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार