जाजरकोट भूकम्प पीडितलाई खानीखोलाका जनप्रतिनिधि र कर्मचारीले ५ दिनको तलबभत्ता दिने

उज्यालो प्रतिनिधि २० कार्तिक २०८०, सोमबार उज्यालो फोकस

काभ्रे । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका पीडितहरुलाई राहत उपलब्ध गराउनका लागि काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले कम्तीमा ५ दिनको सेवा सुविधा तथा तलबभत्ता उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङको समुपस्थितिमा बसेको जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको खानीखोला गाउँपालिकाका लेखा शाखा प्रमुख बमकाजी श्रेपालीले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहको राहत उद्धार कोषमार्फत् राहत उपलब्ध गराउने गरी खानीखोलाका जनप्रतिनिधि र कर्मचारीको कम्तिमा ५ दिनको सेवा सुविधा तथा तलबभत्ता कट्टा गरी राहत रकम संकलन गरी उपलब्ध गराउने निर्णयमा उल्लेख छ ।

भूकम्प प्रभावितहरुको लागि देश तथा विदेशबाट सहयोग उठ्ने क्रम जारी छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार