भूकम्पपीडितका लागि तरुण दलले रक्तदान गर्ने

उज्यालो प्रतिनिधि १९ कार्तिक २०८०, आईतवार समाचार

काठमाडौँ । जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले भोलि कात्तिक २० गते सोमबार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।

तरुण दलको केन्द्रीय कार्यसमितिले एक सूचना जारी गर्दै भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न रक्तदान गर्न लागिएकोे जनाएको छ ।

बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम सुरू भई दिनभरसम्म जारी रहने केन्द्रीय सदस्य सरोज न्यौपानेले जानकारी दिए । “रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दैछाँै । सम्पूर्ण युवालाई रक्तदानका लागि आग्रह गरेका छौँ”, उनले भने ।

रक्तदानमा काठमाडौँ उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी हुने विश्वास केन्द्रीय सदस्य न्यौपानेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार