म्याग्दी कांग्रेसको सम्मेलन स्थगन

उज्यालो प्रतिनिधि १९ कार्तिक २०८०, आईतवार उज्यालो फोकस

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए । विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय नहुुँदासम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए । कांग्रेसको विधानअनुुसार यही कात्तिक १९ गते सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनमा सात सय ५० जनाभन्दा बढी सहभागी हुुने तयारी थियो । यसैगरी समाजवादी मोर्चा म्याग्दीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पीडितको व्यवस्थापनमा परिचालन हुन आफ्ना नेता, कार्यकर्तालाई आहवान गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र जनता समाजवादी पार्टी आबद्ध मोर्चाका जिल्ला संयोजक रेशमबहादुर जुुग्जालीले शनिबार एक विज्ञप्ति जारी गरेर राष्ट्रिय विपद्को व्यवस्थापनमा सबै जुट्न अपिल गरेको हो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले भूकम्प प्रभावित क्षेत्रका स्थानीय तह र कर्णाली प्रदेश सरकारलाई आवश्यक जनशक्ति, आर्थिक र जिन्सी सहयोग गर्नुपर्ने भएको हुँदा तयार रहन मोर्चामा आबद्ध नेता, कार्यकर्तालाई अनुरोध गरेको छ । विज्ञप्तिमार्फत मृतकलाई श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार