भूकम्प पीडितको उद्धारको लागि वाइसीएल नेपालद्वारा कार्यकर्ता परिचालन

उज्यालो प्रतिनिधि १८ कार्तिक २०८०, शनिबार मुख्य नेटवर्क

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) का अध्यक्ष सुबोधराज शेर्पालीले भूकम्प पीडितहरुलाई उद्धारको लागि टोली परिचालन गरेका छन् ।

हिजो बेलुका करिब ११:५१ बजे तिर जाजरकोटको केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएपछि वाइसीएल नेपालले घाइतेहरुको उद्धार तथा पीडितहरु राहत वितरणका लागि वाइसीएल कार्यकर्ताहरु परिचालन गरेका छन् ।

उक्त कार्यका लागि केन्द्रीय कमिटीबाट उपाध्यक्ष गोगन बहादुर मल्ल, कर्णाली प्रदेश इन्चार्ज गणेश शाही, लुम्बिनी प्रदेश ईन्चार्ज मिरा चदारा, कर्णाली प्रदेशमा कार्यरत केन्द्रीय पदाधिकारीहरू, कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारी लगायतको टोली परिचालित गरेका छन् ।

भुकम्पबाट जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लाहरुमा भएको मानवीय तथा भौतिक क्षतिले वाईसीएल नेपाल अत्यन्तै मर्माहित भएको पनि अध्यक्ष शेर्पालीले बताएका छन् ।

साथै, वाईसिएल नेपालले घाईतेहरुको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितहरुलाई पुनर्स्थापनाको व्यवस्था गर्न, खाद्यान्न लगायतका आवश्यक बन्दोवस्तीका सामाग्रीहरुको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार