काठमाडौँ । आईसीसी टी(२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको छ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो।
यूएईका भृत्य अरविन्दले ६४ रन बनाए। मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे। नेपाली स्पीनरहरुले कँसिलो बलिङ गरे।
नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए। सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रन मात्र खर्चिए। कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए।
यो खेल जित्ने टोली आगामी वर्ष आयोजना हुने विश्वकपमा छनोट हुने छ।