विश्वकप छनोट : नेपाल ओमानसँग पाँच रनले पराजित

उज्यालो प्रतिनिधि १६ कार्तिक २०८०, बिहीबार समाचार

काठमाडौँ । आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो । यस जितसँगै ओमान समूह ए को विजेता तथा नेपाल उपविजेता बन्यो ।

ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४० रनमा समेटियो । नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २६ रन बनाए भने करण केसीले १५ रन जोडे ।

नेपालले सुरुआतदेखि नै लगातार विकेट गुमाएको थियो । आसिफ शेख पाँच रन जोड्दै आउट भए भने सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२÷१२ रन जोड्दै आउट भए । त्यस्तै गुलशन झाले ३ रन जोडे ।

ओमानका विलाल खानले तीन किकेट झारे भने अकिब इलयास, सकिल अहमद र मेहरान खानले समान दुई÷दुई विकेट लिए । त्यस्तै कप्तान जिशान मकसुदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय ४५ रनको योगफल बनाएको थियो । ओमानका लागि जिशान मकसुदले सर्वाधिक ३२ रनको योगदान दिए । उनले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रन बनाएका हुन । त्यस्तै नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४,सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए ।

नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई÷दुई विकेट लिए । त्यस्तै गुलशन झा र अभिनाश बोहोराले समान एक÷एक विकेट लिए । नेपालले भोलि हुने सेमिफाइनल खेलमा समूह बी को विजेता युएईसँग खेल्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार