न्यूक्यासलसँग म्यानचेस्टरको लज्जास्पद हार

उज्यालो प्रतिनिधि १६ कार्तिक २०८०, बिहीबार खेल

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडसँग आफ्नै मैदानमा लज्जास्पद हार बेहोर्दै म्यानचेस्टर युनाइटेड इएफएल कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा न्यूक्यासलसँग ३–० ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो । बुधबार राति भएको खेलमा न्यूक्यासलको जिताउन मिगुइल अल्मिरोन, लेविस हल र जोसेफ विललकले गोल गरे ।

२८औं मिनेटमा मिगुइल अल्मिरोनको गोलबाट म्यानचेस्टर खेलमा पछि पर्यो । अल्मिरोनले भालेन्टिनो लिभ्रामेन्टोको पासमा गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा लेविस हलले गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे ।

त्यसपछि ६०औं मिनेटमा जोसेफ विललकले जाइलिन्टनको पासमा गोल गर्दै न्यूक्यासलको सहज जित पक्का गर्दा युनाइटेड घरेलु मैदानमा लज्जास्पद हार बेहोर्न पुग्यो ।

युनाइटेडले सन् १९६२ पछि पहिलोपटक घरेलु मैदानमा लगातार दुई खेलमा ३ गोल खाएको छ । यसअघि युनाइटेडले प्रिमियर लिगकै खेलमा पनि म्यानचेस्टर सिटीसँग ३–० कै हार बेहोरेको थियो ।

यो सिजन अन्डरडग टोलीको रुपमा रहेको न्यूक्यासलले अन्तिम ३२ को खेलमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको थियो ।

यस्तै अर्को खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडसँग ३–१ भोग्दै बाहिरिएको छ । वेस्टह्यामको जितमा मोहम्मद कुडुस र जरोड बोवेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । आर्सनलका मार्टिन ओडेगार्डले एक गोल फर्काए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार