दसैँको रोक खुलेलगत्तै बढ्यो टिप्परको मनोमानी

उज्यालो प्रतिनिधि १६ कार्तिक २०८०, बिहीबार समाचार

काठमाडौँ । दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको रोक खुल्नेबित्तिकै मङ्गलबार राति बालुवा र गिट्टीको चुली बनाएका (ओभरलोड) टिप्पर सडकमा गुडेका थिए ।

तीमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ तर प्रहरीको आँखा छलेर उत्तिकै टिप्पर पार भएका छन् ।

ओभरलोड गरेका टिप्परले डिपोमा लगी चुली झारेर सम्म बनाई ग्राहकलाई दिने गर्दछन् । चुलीमा गरिएको ढुवानी डिपोको अतिरिक्त कमाइ हुने गर्दछ । मङ्गलबार राति मात्र जिल्ला प्रहरी कार्यालय काभ्रेले १३ वटा त्यस्ता टिप्पर नियन्त्रणमा लिई कारबाही गरेको छ ।

लामो समयसम्म त्यस्तो कार्य नदेखेको प्रहरीले पनि दसैँअघि भने आक्रामक रूपमा कारबाही थालेको थियो । त्यसबेला दैनिक ८० भन्दा धेरै टिप्परले ल्याएको ओभरलोड कटिङ गरिरहेको थियो । प्रमाणसहित टिप्परलाई नियन्त्रणमा लिए पनि सामान्य कारवाही गरेर छाडिदिने गरेका कारण ओभरलोडको समस्या नरोकिएको स्थानीय यज्ञप्रसाद सापकोटाले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले ओभर लोड बोक्ने टिप्परको समस्या समाधानका लागि पूरै जनशक्ति केन्द्रित गरेर लागेको उल्लेख गरेको छ । कार्यालयका निमित्त प्रमुख वरिष्ठ सई राजेश दाहालले ओभर लोडको कटिङसँगै अधिकतम जरिवाना गर्ने गरेको उल्लेख गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार