केही राजाबादीहरुको कुरा सुन्द अजीव लाग्छ । के खाँदा यस्ता कुतर्क आउने हुन कुन्नि !। राजाको पालामा यस्तो थियो, उस्तो थियो भन्नेहरुले इतिहासको किन सामान्य ज्ञान नि राख्दैन होला ? यो देश राजाले बनाएको रे ! भ्रममा नपर्नु होला । यो देश जनताले बनाएको हो । पसिना बगाएर राजा भनिएकाहरुलाई भात खुवाउने यिनै जनताले हो । राजाले के गरेका छन् नेपालमा ? राजा महाराजाले त तिनै जनताबाट कर उठाएर मोज गरेका थिए ।
पृथ्वीनारायण शाहले राष्ट्र एकता गरेको त्योही कारण राजाको शासन हुनुपर्छ भन्छन भने त्यो गलत हो । नेपालको इतिहास केही दरबारियाहरुले लेखेको इतिहास हेर्ने हो भने प्रगति नै प्रगति देखिन्छ तर उत्पीडितहरुको नजरले हेर्ने हो भने राजाले लुट्ने बाहेक केही गरेका छैनन् । पृथ्वीनारायण शाहको राज्य विस्तार गर्नु अगाडि आजको बागमती उपत्यका (काठमाडौं,भक्तपुर, ललितपुर) भारत र तिब्बत बिचको स्वर्ण व्यापारिक क्षेत्र थियो । ललितकला देखि लिएर हर चिजमा एसियाकै सबैभन्दा विकसित शहर थियो । पृथ्वीनारायण शाहले योही कुरा देखेर काठमाडौं माथि आक्रमण गरिसकेपछि सबै ध्वस्त भएको हैन ? त्यतिबेलाको उत्पीडितहरुको नजरबाट हेर्ने हो भने त्योबेलादेखि आजसम्म नेपालमा दुर्गति मात्रै भएको छ । जातको नाम, धर्मको नाममा, लिंगको नाम भेदभाव योही राजाहरुको पालामा सुरु भएको हैन ? अनि राजतन्त्र आए देश उथलपुथल परिवर्तन हुन्छ भनेर कसैले डम्फू बजायो भन्दैमा हामीले पत्याइदिनु पर्ने ? पृथ्वीनारायणले भारत संग लडेर नेपाल बनाएको हो ? चिनसंग जमिन खोेसर नेपाल बनाएको हो ? योही देशका सोझासिधा आदिबासी जनजातिहरुलाई झुक्काएर छक्काएर उनले आफ्नो विशाल साम्राज्य खडा गरेका हैन ? अनि कसरी मान्न सकिन्छ राजाले राष्ट्र निर्माण गरेको भनेर !
कतिपय राजाबादीहरुले गणतन्त्र आएपछि नेपालीहरु विदेश जान थालेको पनि भनेको पाए । नेपालमा मुग्लान जान थालेको कहिलेबाट हो ? नेपालीहरु मुम्बई र दिल्ली गएर चौकिदार गर्न थालेको कहिलेबाट हो ? बेरि नदि कटेर गएपछि त प्रत्येक घरबाट एकजना मान्छे इन्डिया नगएर इन्डियाको दरबार नबनेको कोही छैन । यो राजाकै पालामा हैन ? गोर्खा भर्ति सुरुवात गणतन्त्र आएपछि भएको हो ? त्यतिबेलाको राजाहरुले जनजातिहरुलाई मात्रै बहादुर भनेर विदेशी भूमिमा मर्न पठाएर यो देशमा जनजातिहरुको जनसंख्या कम गर्ने काम गरेका हैनन् ? नत्र आदिमकालदेखि बसोबास गर्ने जनजातिहरु जनसंख्या चहि कम, खोज्दै जाँदा ६,७ पुस्ता पनि नभेटिने बाहुन क्षेत्रीको जनसंख्या किन बढी भयो नेपालमा ?
बुद्ध जन्मेको भूमिमा कसरी बुद्धिस्टहरुको सङ्ख्या कम भयो ? तिनै राजामहाराजले देशलाई हिन्दुकरण गरेर हैन ? अनि कसैले आफ्नो वंशको राजा खडा गर्दा अरु चहि कुम जोडेर हेरेर बस्छौं होला ? २४० वर्षीय शाह वंशको इतिहास दोर्याउन खोजे, के किराँतहरुले आफ्नो ११२५ वर्ष शासन गरेको इतिहास दोर्याउदैन होला ? प्रत्येक कालखण्डमा सबै जातिको राजा थिए । उनिहरुले आफ्नो राजा खोज्दैन ? किन उल्टो दिशामा जाँदैछौ हामी ? बल्लतल्ल लामो द्वन्द पछि संविधान बनेको छ, देश एउटा लयमा हिड्न थालेको छ ! अनि सुंगुरलाई स्वर्ग नफापे जस्तैः हामी नेपालीलाई शान्ति नफापेको हो त ?
गणतन्त्र आएपछि उद्योग कलकारखाना बन्द भयो भनेर पनि भ्रम फैलाउदैछन । नेपाल इन्टरनेशन मनि फन्ट (आइएमएफ)को सदस्यता कहिले लिएको ? राजा र पञ्चायतको पालामा हैन ? स्ट्रक्चरल एडजेस्टमेन्ट प्रोग्राम भन्ने नवउदारिकरण प्रोग्राम आएपछि सबै उद्योगहरु निजीकरण गर्ने भनेर आइएमएफको प्रोग्राम आयो । त्यसमा हस्ताक्षर १९७६ पछि भएको हैन ? १९७६ राजतन्त्र थियो कि गणतन्त्र ? नेपालको उद्योग कलकारखाना राजाकै पालामा खतम हुन थालेको हो कि हैन ? नेपालको राजा त्यस्तो देशभक्त थियो भने त्यसको आम्दानीको स्रोत के हो ? राजाबादीहरुले भनोस न । हिम्मत छ ?
स्वर्गीय राजा विरेन्द्र शाहको जग्गा मात्रै एक हजार रोपनी भन्दा बढी रहेछ । राजाहरु के खान्थ्यो त ? कहाँबाट कमाएर खान्थ्यो त ? नेपालका दरबार संग सम्बन्धित सबै व्यक्तिहरु दलाल पुजिपति भइसकेका थिए । विदेशी कम्पनीमा राजाहरुको लगानी थियो । उनिहरु त्यहीँ बाट बाँच्थे । पञ्चायत कालमा पञ्चायत र राजाले लुट्दा लुट्दा देश यतिसम्म कंगाल भइसकेको थियो कि १९८० को आसपासमा बजेट बनाउने पैसा सकिन लागेको थियो । त्यसपछि राजतन्त्र सहितको पञ्चायती व्यवस्थाले आइएमएफसंग रिन माग्यो । आइएमएफले रिन दिनु त दिने हो तर हाम्रो स्ट्रकचरण एडजेस्टमेन्ट प्रोग्राममा हस्ताक्षर गर्नुपर्छ भने । त्यो भनेको के हो भने राज्यको सबै उद्योग नजिकरण गर्नुपर्छ भन्ने प्रोग्राम हो । त्यसमा हस्ताक्षर गरे हामी रिन दिन्छौ नत्र दिदैनौ भनेपछि त्यसमा राजतन्त्र सहितको पञ्चायतले हस्ताक्षर गरेपछि रिन ल्याएर बजेट बनाएको थियो । यो कुराको आफुलाई राजाबादी बताउने दासहरुलाई हेक्का छ कि नाई !
त्यतिबेला राज्यको सबै ढुकुटि रित्याए पछि विदेशी रिन मागेर देश चलाउनुपर्ने परिस्थिति भएपछि उद्योग कलकारखाना बन्द हुन थालेको हो । राजाहरुले पञ्चायसंग मिलेर देश कंगाल बनाएपछि इन्टरनेसनल मनि फन (आइएमएफ) को एजेन्टको रुपमा देशलाई दलाल पुजीवादको हातमा विदेशीहरुको चंगुलमा फसाए । त्यसको परिणाम नै आज हामी जनता बेहोरिरहेका छौँ । डाक्टर राम शरण महतहरु अमेरिकाबाट पढेर आए र ४६ पछि उनिहरु अर्थमन्त्रि भए । त्योही राजाले सुरु गरेको नीति उनिहरुले स्वभाविक रुपमा बेच्न थाले र सिध्याइदिए । त्यतिबेला पनि शासन राजतन्त्रकै थिए ।
अनि ज्ञानेन्द्र शाहीहरुले गणतन्त्र आएपछि उद्योग कलकारखाना बन्द भयो बेचेर खाए भनेर उल्टो माओवादीलाई दोष लगाउन थाले । ज्ञानेन्द्र शाहिहरुले भन्नु पर्यो गणतन्त्र आएपछि नेपालको कुन कुन उद्योग बन्द भयो ? नेपालको उद्योगहरु राजाको पालामा बन्द भएको कि गणतन्त्र आएपछि ? कुनै तथ्य हेर्नु पर्दैन ? माननीय जस्तो व्यक्तिले भड्डिमा जाँड खाने जड्याहा जति पनि आफ्नो मर्यादाको ख्याल नगरि प्याच्च प्याच्च बोल्दै हिडेपछि विचरा अरु बुद्धि बाङ्गो युवाहरूले के सिक्ने ? देशको आजको दुरदसा राजाको कारणले भएको हो ।
गणतन्त्र आएपछि प्रचण्डले नेपालको कुन भुभाग भारतलाई बेच्यो ? प्रमाण दिनसक्छ ? नेपालको नदिनाला कसको पालामा भारतलाई सुम्पेको हो ? राजाको पालामा हैन । आफ्नो शासनसत्ता गुम्न लाग्दा सबै नेताहरूलाई नजरबन्द गर्न सकेको राजाले देशको सिमा र नदिनाला बेच्दा किन बोल्न सकेन ? अनि योही राजाले देश बचाउछ भन्द पत्याउनु पर्ने ? हजारौं सेनाको घेराभित्र रहेको आफ्नो दाइ विरेन्द्र हत्या हुदा बचाउन नसक्ने ज्ञानेन्द्र शाहले देश बचाउछ भनेर ज्ञानेन्द्र शाहि जस्ता छुचुन्द्रेहरुले बोलेको पत्याउनु पर्ने ? ज्ञानेन्द्र शाह कस्ता थिए, हुनेवाला राजा पारश कस्ता छन् हामीलाई थाहा छैन ?
हाम्रो राजाहरू यस्ता थिए उस्ता थिए भनेर दाउरा सुरुवाल, र कालो चस्मा लगाएका तस्बिरहरु शेयर गरेर छाती फुलाउनेहरुले त्यतिबेलाका आफ्ना हजुरबुबाको तस्बिर हेरेका छौँ ? त्यतिबेला नटालेको लुगा लगाउने नेपाली भेटिन्थे, चप्पल लगाएका नेपाली भेटिन्थे तर तिनै राजामहाराजहरु चढ्नलाई खाली खुट्टमा गाडी बोकेर आउने तपाईं हाम्रै पुर्खा हैन ? त्यतिबेला बेलायतमा राजाहरूले त्यहाँका सुन्दरीहरुसंग एक रात बिताउन एक करोड सम्म खर्च गर्न सक्दा नेपालमा कुपोषणले खाना नपाइ मरेका नेपालीहरु सङ्ख्या कति थिए ? तथ्यांक हेरेका छौँ ? बेकारमा फतरफतर बोलेर हुन्छ ? तथ्य हेर्नु पर्दैन, प्रमाण हुनु पर्दैन ?
तुच्छ,गैरजिम्मेवारी,अरुको मानहानी हुनेगरी तर्क गर्नेलाई प्रहरीले समात्यो भने उनिहरु नै गणतन्त्रमा बोल्न पाइदैन? लेख्न पाइदैन ? भनेर उफ्रिन्छन् । गणतन्त्रले दिएको स्वतन्त्रता माथि टेकेर गणतन्त्र माथि नै प्रहार गर्ने राजाबादीहरु र रुखको टुप्पो तिर बसेर फेद काट्ने कालिदासमा केही फरक छैन । जसलाई सबैभन्दा बढी फ्रिडम चाहिएको छ, जसले सबैभन्दा बढी हुम्यानराइट्सको कुरा गर्छन् उनिहरुले नै राजतन्त्र चाहिन्छ भन्नुको पछाडि कि त उनिहरु मूर्ख हुन, कि त विदेशी शक्तिबाट परिचालित मानिसहरू हुन । कि त हामीलाई स्वतन्त्रता हैन दासत्व स्वीकार छ भन्न सक्नु पर्यो ।
हो गणतन्त्रमा केही नेताहरू भ्रष्ट निस्किए तर यिनै गणतन्त्रमा बालेन शाह, हर्क सम्पाङ, रेणु दाहाल जस्ता जनताको मनोभावना अनुसार काम गर्ने लिडरहरुको पनि त जन्म भएको छ । जनता सचेत हुदा देशकै शक्तिसाली पार्टी भनिने एमालेका, त्यसमा पनि काठमाडौं कै रैथाने केशव स्थापितसंग बहुमतले एकजना स्वतन्त्र उठेको बालेनले चुनाब जितेका हैनन ? के राजा गलत हुदा जनताले यसरी नै मतदान मार्फत राजालाई फालेर अर्को जनताको छोरालाई राजा बनाउन सकिन्छ ? यिनै ज्ञानेन्द्रलाई राजगद्दीबाट फाल्न १७ हजार नेपाली आमाका छोराछोरीले रगत बगाएको बिर्सिनु भयो ? दोस्रो जनआन्दोलनमा सहिद भिमसेन दाहाल सहित २० जना युवाहरूको बलिदान पछि मात्रै राजाले आफ्नो राजगद्दी त्यागेका हैनन् ? अनि कसरी भन्न सक्नु हुन्छ कि ज्ञानेन्द्र शाहले राजगद्दी खुशिले त्यागेको भनेर ? पत्रकार सम्मेलनको भिडियो देखाएर यसरी राजा ज्ञानेन्द्रले हाँसिहाँसि राजगद्दी त्यागेको भन्न लाज लाग्दैन ? यिनै शाह वंशको ज्यादती विरुद्ध जंगलमा स्याउला खाएर जनताले लडेको बिर्सिनु भयो ? कि ति गरिब जनता नेपालका जनता हैनन् ?
एकपटक राजाबादीहरुले छातिमा हात राखेर भन्नुस् ।।के ज्ञानेन्द्र शाह पुनः राजा भयो भने आज प्रचण्ड, शेर बहादुर, केपी ओलीहरुको गलत कदमको विरुद्ध बोलेको जसरी बोल्न पाइन्छ ? प्रचण्डको छोरी गंगा दाहालको आलोचना गरेको जसरी ज्ञानेन्द्र शाहको छोरा पारस साहको विरोध गर्न पाइन्छ ? प्रचण्डको छोरा स्वर्गीय प्रकाश दाहालले बहुबिवाह गर्दा जसरी आलोचना गर्ने गरेका थिए, त्यसरी नै पारस शाहले प्रत्येक होटलमा फरक फरक युवतीहरुलाई खुलेयाम रात बिताएको कुरा खुलेर विरोध गर्न पाइन्छ ? पाइन्छ जस्तो लाग्छ भने हिजो नमिता सुनिता प्रकरणमा किन बोल्न पाएन ? हिजो दरबारियाहरुले जनताको राम्री छोरी जति खुलियाम उठाएर लैजाँदा किन कानुन लागेन ? यिनै राजामहाराजाहरुले हैन यो सानो जात, यो ठुलो जात भनेर छुट्याएको ? अनि दलितको छोरा मन्त्री हुदा किन टाउको दुखेको ? मदेशिको छोरा राष्ट्रपति हुदा किन चित्ता फाटेको ? जनजातिको छोरा उपराष्टपति हुदा किन रिस उठेको ? महिला सभामुख हुदा किन पचाउन नसकेको ?
राजाको पालामा समान बजेट विनियोजन हुन्थ्यो भनेर तर्क गर्ने साथीहरूलाई थाहा छ ? कति बजेट राजपरिवारलाई विनियोजन हुन्थ्यो/ कति प्रतिशत गाविसमा पठाउथ्यो ? तपाईंको गाउँमा सडक कहिले पुगेको राजाको पालामा हो ? तपाईंको गाउँमा बिजुलि कहिले पुगेको राजाको पालामा हो ? तपाईंको गाउँमा खानेपानी कहिले पुगेको राजामा पालामा हो ? तपाईं ठाउमा स्वास्थ सेवा कहिलेबाट सुरु भएको ? राजाको पालामा हो ? २४० वर्ष राजाले शासन गर्दा नपुगेको सडक गणतन्त्र आएको ८ वर्षमा पुग्यो ? २४० वर्षसम्म राजाको पालामा विभिन्न जातभात र धर्मको नाममा विवेद हुन्थ्यो, गणतन्त्र आएको ८ वर्षमा धेरै निर्मुल भएको छ ? अनि यिनै गणतन्त्र विरुद्ध केही दरबरियाहरुको जुठा खाने बानी भएकाहरुले बोल्द कन्फ्युज हुनुपर्छ ?
राजाले जातको नाममा, धर्मको नाममा, लिंगको नाममा, क्षेत्रको नाममा, वर्गको नाममा जनतालाई भेदभाव नगरेको भए न त जनताले राजतन्त्र मुर्दाबाद भन्नु पर्थ्यो, न त कुनै आन्दोलन वा युद्ध नै गर्नु पर्थ्यो । देश आज संघीय गणतन्त्रमा प्रवेश भएको ८,९ वर्ष पनि नपुग्दै २४० वर्षसम्म जनताको खुन पसिना चुसेर बसेका राजाहरुले गणतन्त्र आएपछि केही भएन भनेर भन्द हामीले पत्याउनु पर्ने ? त्यसैले जंगलमा एकदुई जना ब्वासो छन् भनेर जंगलमा नै आगो लगाउने कुरा नगरौं । गणतन्त्रमा पनि केही गलत व्यक्तिहरु छन्, तिनलाई फाल्न तपाईंले राजा फाल्न जस्तो रगत बगाउनु पर्दैन । आफ्नो मत बदल्द तिनको सत्यनाश हुन्छ । यत्ति कुरा आजको युवाहरूले बुझ्न आवश्यक छ ।