पाँच सय परिवारलाई कोरली गाई वितरण गरिने

उज्यालो प्रतिनिधि १५ कार्तिक २०८०, बुधबार समाचार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ ।

कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाइदिएको छ भने ८० वटा गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो ।

त्यहाँका ५१ जना किसानलाई सो बाछी वितरण गरिएको थियो । सो ८० वटा बाछीलाई विस्तार गरी सिन्धुलीको पाँच सय घरधुरी किसानलाई पु¥याउने लक्ष्य राखिएको हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरेको मिल्की वे परियोजनाका निर्देशक नारायणप्रसाद शर्माले बताए ।

कोरिया सरकारले उपलब्ध गराएको बाछी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ४ र ५ का ५१ किसान परिवारलाई वितरण गरिसकेको छ । अहिले ती बाछी ठुला ठुला भइसकेका छन् । हेफर नेपाल र कमलामाई नगरपालिकाले १०९ जना किसानलाई राखेर विभिन्न समूह बनाएका छन् । पहिलो लटमा १०९ जनामध्ये ५१ जनाले सो बाछी (गाई) पाएका छन् ।

८० वटा गाईमध्ये छ वटा लम्पी स्किनको रोगबाट मरेका छन् । बाँकी रहेको ७४ वटा गाईमध्ये ६९ गाईलाई गर्भधारण गराएका छन् । त्यसमध्ये ३७ वटा गाई गर्भवत्ती छन् । अरू बाँकीको गर्भ सुनिश्चित भएको छैन सायद एक दुई महिनाभित्र ६९ वटै गाईको गर्भ सुनिश्चित हुने हेफर नेपालले जनाएको छ । सिन्धुली आएका हेफर कोरियाका निर्देशक हे वन लीका अनुसार यी गाई उपहार स्वरूप नै आएका हुन् ।

कोरियाका किसान, विद्यार्थी अन्य व्यक्तिहरूले नेपाललाई कोरिया सरकारमार्फत नेपाललाई प्रदान गरेको हो । कोरिया सरकारले उपहार स्वरूप दिएको कारणले पनि यहाँका किसानले पनि कम से कम एउटा बाछी अर्को किसानलाई दिनुपर्ने प्रावधान रहेको हेफर कोरियाका निर्देशक लीले बताए ।

गाई प्राप्त गरेका किसानले आनुवंशिक स्रोतबाट पहिलो बाछीसँगै प्राप्त गरेको सिप र ज्ञानलाई अर्को किसानलाई हस्तान्तरण (हेफरको पासिङ अन द गिफ्ट बिजनेस मोडेल) गर्नैपर्ने प्रावधान रहेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार