विश्वकप एसिया छनोट : ओमान २२ रनले विजयी

उज्यालो प्रतिनिधि १४ कार्तिक २०८०, मंगलवार खेल

काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा ओमानले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले सिङ्गापुरालाई जीतका लागि एक सय ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा सिङ्गापुर निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५२ रनमा समेटियो ।

सिङ्गापुरका लागि सुरेन्द्र चन्द्रमोहनले सर्वाधिक ३१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४१ रनको योगदान दिए । त्यस्तै मनप्रित सिंङले ३१, अरित्रा दत्तले १३ तथा अनिश परामले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ ओमानका विलाल खान र फयाज बुटृले दुई÷दुई विकेट लिए भने शाकिल अहमद, जिशान मकसुद र अकिब इलियासले समान एक÷एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७४ रनको योगफल बनाएको थियो । उसका लागि अकिब इलियासले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रनको योगदान दिए । त्यस्तै प्रतीक अथवले ४२ जिशान मकसुद २६ तथा कश्याप प्रजापतिले १२ रन जोडे । सिङ्गापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान दुई ÷दुई विकेट झारे ।

यस जितसँगै ओमानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको थियो । त्यस्तै सिंगापुरको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा सिङ्गापुर आयोजक नेपालसँग आठ विकेटले पराजित भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार