वर्षौंदेखि बाँझिएको जग्गामा कागती खेती

शिवु खनाल १३ कार्तिक २०८०, सोमबार समाचार

देउखुरी । लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी जनक बुढा मगरको कुनै समय जग्गा बाँझो थियो, तर अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि । उहाँले आफ्नै सात कठ्ठा जग्गामा गरेको कागती खेती उदाहरणीय छ । अहिले कागती खेतीले परिचित बन्नु भएको छ । धेरै युवा विदेश पलायन भएका छन् । तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने व्यवासयी मगरले विश्वास दिलाउनु भएको छ । कागती खेती सुरु गरेको तीन वर्ष भयो । खेती सुरु गरेको तीन वर्षदेखि आम्दानी लिन शुरु गरेका उहाँले पहिलो लटमा एक कुन्टल कागती विक्री गरेको बताउनुभयो । एकसय पन्ध्र सुन र सल्यानी लोकल जातको कागती विरुवा लगाइएको हो, उनले भने,–। ‘एक लाख लगानीबाट सुरु गरेको कागती व्यवसायी तीनवर्ष पछि मैले कागती विक्रीबाट आम्दानी लिन सुरु गरेका छु । कागती विक्री गरेर वार्षिक पाँचदेखि दशलाख सम्म आम्दानी गर्ने लक्ष्य रहेको छ । कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगाानी उठाउन सहज हुने गरेको छ ।’ उहाँका अनुसार सुरुमा आफूहरूले एकलाख लगानीबाट सुरु गरेको कागती खेती थप बढाउने योजना रहेको छ ।

मेहनत थोरै गरेर पनि आम्दानी धेरै गर्न सकिने भएकाले कागती खेतीको यस क्षेत्रमा राम्रो सम्भाव्यता देखिएको छ । ‘कागतीको राम्रो सम्भावना देखेर आफ्नै सात कठ्ठा जग्गामा व्यावसायीक रुपमा कागती खेती थालेको छु, उहाँले भन्नुभयो,–। ‘वर्षेनी कागतीका बिरुवा थप्दै जाने योजनामा छु ।’ बाह्रै महिना फल्ने सुनकागतीको खेती गर्नुभएको हो । कागती किन्नका लागि स्थानीय व्यापारीहरु घरमै आउने गरेको उहाँको भनाइ छ । बगानमै प्रतिकेजी एकसय रुपैयाँले कागती बिक्री हुँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘कागती खेतीमा भने समस्या छैन । राम्रोसँग गोडमेल, समयमै मल, पानी गरेर स्याहार गर्न सके प्रतिबोटमा छ हजार दानासम्म फलाउन सकिने अनुभव भयो । यता लमही नगरपालिका वडा नम्बर ९ हर्दवा निवासी अमर कवर (नवीन)ले पनि वर्षौदेखि व्यवसायी रुपमा कागती खेती गर्दै आउनु भएको छ । १७ कठ्ठा जग्गामा कागती खेती खेती गर्दै, आउनु भएका अमर कवर (नवीन)ले पन्ध्र वर्षदेखि निरन्तर कागती खेती गर्दै आउनुभएको हो । उनले भने,–। ‘कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पु¥याउन भ्याइनभ्याइ छ । बढी मात्रामा चुक अमिलो उत्पादन, अमिलो अचार लगायत विभिन्न परिकार बनाउनका लागि कागतीको माग उच्च हुने गरेको छ ।’
उनले सरकारले दाङमा कागती खेती विस्तार गर्ने जरुरी रहेको बताए । यसले व्यावसायिक रूपमा कागती खेती गरिरहेका किसानलाई थप प्रोत्साहन हुने उहाँको भनाइ छ ।

अहिले कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उहाँले बताउनुभयो । आफूहरूले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष करिब २० हजार बिरुवा बेच्ने योजना बनाएको जानकारी दिनुभयो । एउटा बिरुवाको फुटकरमा ५० रुपैँयामा बिक्री गर्ने गरिएको छ ।

कागतीखेती संगै बदिया भोले पालनबाट मनग्य आम्दानी

लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी जनक बुढा मगरले बदिया भोले पालनबाट समेत मनग्य आम्दानी लिन सफल भएको बताउनुभयो । कागती खेती गर्दै आएको सात कठ्ठा जग्गामा तारबार गरि अहिले बदिया भालेको व्यवसाय संञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले व्यवासयीक रुपमा वदिया भाले र लोकल कुखुरा व्यवसाय संचालन सुर गर्नुभएको हो । माउ कुखुरा १९ वटा छन् । कोहि अण्डा, कोरोल्दै छन्, कोहि बच्चा झिक्दै, कोहि ओथारो बसेका छन्, उनले भने,–। त्यसैबाट उत्पादन भएका भालेहरुलाई बदिया बनाएर विक्री गर्दै आएको छु । बदिया आफैले बनाउछु, अहिलेसम्म ३० वटासम्म बदिया भाले कुत्ता भाउमा विक्री गर्दै आम्दानी गरेको छु ।’ उनले कागती खेतीबाट बचेको समय व्यवसायीक रुपमा बदिया भाले लोकल कुखुरा पालनका लागि समय सदुपयोग गर्दा मात्रै आत्मनिर्भर हुन सकिन्छ भन्ने बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार