देउखुरी बहुमुखी क्याम्पसको नेतृत्वका लागि मनोनयन दर्ता

शिवु खनाल १ कार्तिक २०८०, बुधबार समाचार

देउखुरी  ।   देउखुरी बहुमुखी क्याम्पसको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएसँगै चुनाबी माहोल तातिएको छ । ब्यबस्थापन समितीले गत २९ गते निर्बाचन कार्यतालिका प्रकाशन गरेसँगै चुनाबी महोल पुनः तातिएको हो । निर्बाचन मण्डलको कार्यतालिका अनुसार कार्तिक १ गते उम्मेद्वार हरुले मनोनयन दर्ता गरेका छन् ।

नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र एमाले मिलेर मनोनयन दर्ता गराएका छन भने अर्को तर्फ माओबादी केन्द्र, एकीकृत समाजबादी र जनमोर्चा गठबन्धन सहित चुनाबी मैदानमा छन । क्याम्पस निर्बाचनमा दलहरु केन्द्रीय सत्ता समिकरण भन्दा फरक देखिएका हुन् । काँग्रेस, एमालेका तर्फबाट अध्यक्षमा लालबिर खड्का, सदस्यहरुमा प्रकाश कुमार जिसी, पदम प्रसाद शर्मा (पुडासैनी), हल्लु प्रसाद चौधरी, कृष्ण प्रसाद शर्मा (केपी घिमिरे), बिद्याशरण चौधरी, गुलाम महम्मद जागा मुसलमान, प्रेम कालाथोकी, पवन शर्मा रिजाल, ध्रुबनारायण चौधरी, गोपाल ज्ञाँवली, सुलोचना गिरी, महिला सदस्यहरुमा मिनादेबी गुरुङ् र बिना न्यौपानेले मनोनयन दर्ता गराएका छन ।

त्यस्तै अर्को प्यानलबाट अध्यक्षमा बाबुराम चौधरी, सदस्यहरुमा होमप्रसाद शर्मा, कृष्ण प्रसाद भुसाल, दिल्ली बहादुर बुढाथोकी, थानेश्वर गैरे, मधु थापा क्षेत्री, दिनमणी आचार्य, बिश्वराज आचार्य र महिला सदस्यमा बिजया शर्मा रेग्मीले मनोनयन दर्ता गराएका थिए । जसमध्य महिला सदस्यकि उम्मेद्वार बिजया शर्मा रेग्मीले मनोनयन फिर्ता लिएकि छन । उनले एक बिज्ञप्ती जारी गर्दै आफुले मनोनयन फिर्ता लिएको जानकारी गराएकि हुन । उनको मनोनयन फिर्ता सँगै दुई महिला सदस्य पद निर्बिरोध भईसकेको छ । मनोनयन सँगै उम्मेद्वार हरुले भेटघाटमा आफुलाई बेस्त बनाएका छन । कार्तिक १० गते निर्बाचन हुनेछ । क्याम्पसमा मतदाता सँख्या २ सय ३५ रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार