बहुचर्चित सेलो गीत ‘हेर्दैमा राम्री-२’ बजारमा सार्वजनिक

उज्यालो प्रतिनिधि ३० आश्विन २०८०, मंगलवार कला मनाेरञ्जन

काठमाडौं । तामाङ सेलो सांगीतिक बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल बहुचर्चित सेलो गीत ‘हेर्दैमा राम्री-२’ को भिडियो बजारमा सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार विश्व दोङ र गायिका कमला दोङको स्वरमा रहेको उक्त गीतमा तामाङ चलचित्र जगतको महानायक अमिर दोङ र मोडल मन्जरी वाइबाको अभिनय रहेको छ ।

कुमार बम्झनको शब्द तथा विश्व दोङकै संगीत रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका छन् । भाग-१ को अडियो करिब ५७ लाख र भिडियो ३७ लाखले हेरेपछि उत्साहित भएका हेर्दैमा राम्री टिमले भाग-२ ल्याएको हो ।

हेर्दैमा राम्रीको अगिल्लो भागमा गायक दोङ र मोडल सोंगमित थिङले अभिनय गरेका थिए । सेलो सांगीतिक बजारमा सबैले रुचाएको हेर्दैमा राम्रो-२ लाई पनि दर्शकले रुचाउने विश्वास भिडियो निर्माण टिमले लिएको छ ।

यस गीतमा अभिनय गरेका दोङले आफ्नो टिमले भिडियो निर्माणमा अत्याधिक मेहनत गरेकोले यस गीतको भिडियोलाई पनि अगिल्लो गीतलाई जति नै माया गर्ने विश्वास व्यक्त गरेका छन् । भिडियोको कोरियोग्राफर राजकिङ वाइबाले गरेका छन् ।

केही दिन अघि मात्र डम्फु मिडिया युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई सार्बजनिक गरिएको दुई दिनमा नै ७० हजार भन्दा धेरैले हेरिसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार