दशैँ तिहार नजिकिएसंगै कोइलाबास नाकाबाट नेपाल फर्किनेको घुइँचो

शिवु खनाल ३० आश्विन २०८०, मंगलवार समाचार

देउखुरी । दशै तिहार नजिकिएसंगै कोइलाबास सीमा नाकाबाट स्वदेश फर्कनेको दिनहुँ घुँइचो लाग्ने गरेको छ । नेपाल–भारत कोइलाबास सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको हो । दाङको कोइलाबास नाका र अन्य खुला सिमा नाकाबाट कामका लागि भारतका विभिन्न शहर पसेकाहरु यतिबेला स्वदेश फर्कन थालेका छन् । पछिल्लो दुई सातायता ठुलो संख्यामा स्वदेश फर्कनेहरुको संख्या बढ्न थालेको छ । गत शुक्रबार मात्र कोइलाबास नाकाबाट पाँचसय भन्दा बढि नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

 

सबैभन्दा बढी कोइलाबास र राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाकाबाट स्वदेश फर्कने गरेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म कोइलाबासका प्रमुख सन्तोष वीर सिंहले जानकारी दिए । उनका अनुसार हिन्दुहरुको महान चाड वडा दशै, तिहार र छठपर्व नजिकिदै गर्दा भारतबाट स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ । भारतसँग जोडिएको दाङको कोइलाबास नाका सहित अन्य विभिन्न खुला सीमा नाका हुँदै दैनिक पाँचसय भन्दा बढि नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

सीमा क्षेत्रमा पुरुषसँगै महिला र बालबालिका समेत घर फर्कने क्रम एकसातायता बढेको छ । चाड पर्व नजिकिएसँगै यतिबेला भारत पस्नेभन्दा फर्कनेको संख्या उच्च देखिएको छ । सीमा नाकामा पछिल्लो समय बाहिरिने र भित्रर्नेको लगत संकलन गर्ने काम हुँदै आएको छ । कामको सिलसिलामा भारतको दिल्ली, मुम्बई, चण्डीगण, पञ्जाब, सिम्ला लगायतका ठाउँमा नेपालीहरू पुग्ने गरेका छन् । एकदिन विराएर दिनमा पाँच देखि छवटा गाडि भारतबाट नेपाल आउने गरेको सिमा प्रहरी चौकि कोइलाबास नाकाका प्रहरी प्रमुख कुमार केसीले जानकारी दिए । चार हजार जति स्वदेश फर्किएको उनले जानकारी दिए । भारतको केरला स्थित एक होटलमा कार्यरत राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँ नाका निवासी गोविन्द केसीले परिवारका साथ दशैं मनाउनका लागि आफू कामबाट विदा लिएर घर फर्किएको बताए । परिवारको साथमा दशै मनाउन नपाएको दुईवर्ष भइसकेको थियो, यसपालीको दशै घरपरिवारसँगै मनाउनका लागि घर फर्किएको हुँ, उनले भने,–। भारतको तुलसीपुर बसपार्कमा आफ्नो गाउँ जाने गाडी खोजिरहेको छु ।’

‘जहिले भन्यो त्यती बेला आउन पाइँदैन तर परिवारसँगै दशै मनाउनका लागि भनेर दशैको लागि एक महिनाको विदा लिएर घर फर्किदैछु ।’ यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ खिड्कीनाका निवासी करण विक दशैँ मनाउनका लागि घर आउने तयारीमा रहेको बताउनुभयो । भारतको सिरसिया चेक पोष्टमा आफ्नो झोला चेकजाँच गराउँदै गर्नुभएका विकले आफु भारतमा अरवियन कुकको काम गर्ने गरेपनि प्रत्येक वर्ष दशैं मनाउनका लागि घर फर्किएको बताए ।

भारतीय तुलसीपुर बजारमा नेपालीको घुइँचो

जतिजति दशैं नजिकिँदै गएको छ त्यति नै सीमानाको भारतीय बजार तुलसिपुरमा नेपालीहरुको घुइँचो लागेको छ । दाल, चिनी, चामल, कपडा, साबुनलगायतका सम्रागीहरु खरिद गर्नका लागि दैनिक हजारौँ नेपालीहरुको भारतको तुलसिपुर बजारमा ताँती लागेको छ । भारतमा सस्तो मूल्यमा साम्रगीहरु पाउने गरेको मनोविज्ञानका कारण दाङका लमही, गढवा, राजपुर, भालुवाङ् लगायतका ठाउँबाट नेपालीहरु भारतीय बजार तुलसिपुरमा आउने गरेका छन् । तुलसीपुरबाट बजार गरेर फर्किदै गरेकी लमही नगरपालिका वडा नम्बर ५ निवासी चमेली चौधरीले तुलसिपुरमा उपभोक्ता ठग्ने कार्य भइरहेको बताए । दशैँको लागि पहिलो पटक तुलसिपुर बजार गर्न आएको बताउने उनले भारतीय तुलसिपुर बजारमा व्यापारीहरुले चिनी सस्तो मूल्यमा दिएर अन्य साम्रगीमा ठग्ने गरेको सुनाइन् । दशैँको लागि पहिलो पटक तुलसिपुर बजार गर्न आएको हु, उहाँले भन्नुभयो,–। ‘यहाँ त चिनी मात्र सास्तो रहेछ अरु साम्रगी त नेपाल भन्दा महंगो छ, अब तुलसिपुर बजार गर्न कहिल्यै आउँदैन ।’

नाकामा कडाई

दशै नजिकएसँगै सीमानाबाट बढेको तस्करी नियन्त्रणका लागि सीमानामा तैनाथ जनपद र सस्शत्र प्रहरीले नाकामा कडाई गरेको छ । चोरी, तस्करी, पैठारीलाई मध्येनजर गर्दै जनपद र सस्शत्र प्रहरीले भारतबाट आउने समाग्रीहरुको कडा निगरानीका साथ समान चेकजाँचमा कडाइ गरेको छ । केही समय यता जनपद र सस्शत्र प्रहरीले भन्सार छलेर ल्याएको कपडा, खाद्यन्न लगायतका लाखौँ रुपैयाँको विभिन्न साम्रगी बरामद गरेर आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

No description available.No description available.No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार