प्रजिअद्वारा सीमा क्षेत्रका प्रहरी चौकीको अनुगमन

शिवु खनाल २६ आश्विन २०८०, शुक्रबार समाचार

देउखुरी । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले सीमा क्षेत्रका चौकीको अनगमन गर्नुभएको छ । सीमामा स्थापना भएका प्रहरी चौकीको अनुगमन गरिएको हो । बिहिवार दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुबेदीले भारतसंग सीमा जोडिएको दाङको राजपुर गाउँपालिका वडा नम्बर १ सिरियानाकामा रहेको सीमा प्रहरी चौकीको स्थलगत निरिक्षण तथा अनुगमन गरेका हुन् ।

सीमा क्षेत्रमा स्थापना भएर सुचारु हुँदैआएका प्रहरी चौकीको अनुगमन गरेको प्रजिअ सुबेदीले बताए । उनले भारतसंग सीमा जोडिएको खुला सीमा नाकामा स्थापना भएका सीमा प्रहरी चौकी र प्रहरीको सीमा सुरक्षा बलको एकसाथ अनुगमन गरेको बताए । उनले सुरक्षाकर्मीले नियमित रुपमा सिमा स्तम्भहरुको अनुमगन गर्ने कार्य गरिरहेको जानकारी दिए ।
बिहिवार प्रजिअ सुबेदीको नेतृत्वमा जिल्ला सुरक्षा समिति खुला सीमा नाका क्षेत्रमा पुगेको थियो । सीमा क्षेत्रमा प्रहरीले खानेपानीको समस्याबीच पनि ड्यूटी गरिरहेको प्रजिअ सुबेदीले बताए । सीमा प्रहरी चौकी सिरियानाका लगायतमा खटिएको प्रहरीले दुख कष्टकासाथ आफ्नो सेवामा लागि रहेको जानकारी दिए ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, सशस्त्र प्रहरी वल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर  केसी, श्री नं. १९ बाहिनि अड्डा प्रमुख अनिल सिंह, राजपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुर्यप्रसाद चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार