पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

उज्यालो प्रतिनिधि २६ आश्विन २०८०, शुक्रबार समाचार

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिक बदलीका साथै सामान्यतया मौमस सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमसविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटरभन्दा धेरै रहेको मौसमविद् लामिछानेले जानकारी दिए । आज काठमाडौँमा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको र दिउँसोतिर आंशिक बदली रही एकरदुई स्थानमा क्षणिक वर्षा हुनसक्ने उनले बताए ।

आज राति कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार