सीमाका नेपाली नागरिकले ‘सिडियो’ सामु पोखे पीडा

शिवु खनाल २५ आश्विन २०८०, बिहीबार समाचार

देउखुरी । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । स्थानीयवा सीमा नाकाबासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्ने गरेका थिए । भारतीय पक्षले नेपालतर्फको भूभाग कब्जा गर्न खोजेपछि एकजुट भएका नेपालीले यसको खुलेरै नेपालको रक्षा गर्नुप-यो । स्थानीयवासीको तीव्र विरोधपछि एसएसबीले आइन्दा सीमा क्षेत्रमा यस्ता क्रियाकलाप नगर्ने भन्दै पछाडि हट्नुप-र्यो ।

विगतमा वैज्ञानिक सिमांकन नहुँदा भारतसंग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा वर्षेनी यस्तै समस्या बल्झिरहने गरेको छ । यो समस्या वर्षमा १/२ पटक जस्तै दोहोरिने गरेको राजपुर गाउँपालिका वडा नम्बर १ बरुवा नाका निवासी लक्ष्मण केसीको भनाई छ । उनका अनुुसार विगतमा सीमा नाकामा स्तम्भ बन्दै गरेको जग्गा नेपालकै भए पनि एसएसबीले आफ्नो भन्दै रोक लगाउने गथ्र्यौ । दाङको सीमावर्ती क्षेत्रमा नेपाल सरकारमार्फत तोकिएका पूर्वाधार र विकास निर्माणका काम अघि बढ्यो । निर्माणाधीन अवस्थामा रहेका सम्पूर्ण पूर्वाधार सम्पन्न भइ सीमा नाका सशस्त्र प्रहरीले निगरानीमा रहेको छ । सीमावर्ती क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको उपस्थिती भएपछि आफूले भोगेका समस्या खुलेर कुरा गर्ने समस्या अन्त्य भएको सीमाका बासिन्दाको भनाई छ ।

सुरक्षा अधिकारीले गरे सीमा नाकाको अनुगमन

दाङ जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको छ । नजिकिँदो चाडपर्वलाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो । भारतसँग ८५ किलोमिटर खुला सीमा जोडिएको छ । जिल्लामा केही दिनअघि मात्रै सरुवा भई आउनु भएका दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीको तृत्वमा सुरक्षा अधिकारी र बिषयगत कार्यालयका प्रमुखहरुको टोलीले सिमा क्षेत्रको सुरक्षाको अवस्थाको अध्ययन अनुगमन गरेको छ । सुबेदीले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिल्लरको अवस्था बुझ्न आकस्मिक निरीक्षण गरेको बताइएको छ । शान्ति, सुरक्षालगायतका विषयमा सीमा क्षेत्रले मुख्य भूमि खेल्ने हुँदा यसको अवस्था बुझ्न जरुरी रहेको र त्यसका लागि सीमा क्षेत्रको अनुगमन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं।२९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए । बिहिवार भारतसैग सीमा जोडिएको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाको अनुगमन गरिएको हो । दुवै देशको क्षेत्रबाट हुनसक्ने चोरी तथा तस्करी नियन्त्रण गर्न र सीमा क्षेत्रको वास्तविक थाहा पाउनका लागि अनुगमन सुरु गरिएको प्रजिअ रामबन्धु सुबेदीले बताए ।

 

उनले अनुगमनका क्रममा गैरकानुनी गतिविधिलाई नियन्त्रण लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिनुभयो । ‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था ठीकै रहेको छ, उनले भने,–। उनले चाडपर्वका बेला सीमा क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका गैरकानुनी गतिविधिलाई विशेष ध्यानमा राख्दै सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिइएको बताउनुभयो । सुरक्षा निकायसमेतको समन्वयमा चाडपर्व लक्षित सुरक्षा कार्य योजना बनाएर लागु गर्ने तयारी भइरहेको जानकारी उनले बताए । सीमा नाकालाई व्यवस्थित बनाउन आग्रह गर्दै नाकाबासीहरुबाट सहयोगको प्रतिबद्धता आएको छ, उनले भने,–। ‘चोरी–तस्करी नियन्त्रण, सीमा व्यवस्थापनसम्बन्धी सचेतना र बजार अनुगमन प्रशासनको प्राथमिकतामा छन् ।’ उनका अनुसार चाडपर्वमा हुनसक्ने कालोबजारी, ठगी, मूल्यवृद्धि एवं म्याद सकिएका सामानको किनबेच नियन्त्रणमा कुनै कसर बाँकी राखिने छैन । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसीले प्रहरी प्रशासन र सम्बन्धित संग संस्थालाई स्थानीय निकायसँग सहकार्य गरेर सीमामा मानव बेचबिखनलाई कडाइ गर्न आग्रह गरेको बताए ।

यता सशस्त्र प्रहरी बल नेपाल नं। २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले सीमा नाका क्षेत्रमा आपसी समन्वयमा सीमा स्तम्भ अनगुमन तथा गस्तीलाई तीव्रता दिइएको बताए । उनका अनुसार ३४ वटा खुला सीमा नाका रहेको सीमावर्ती क्षेत्रमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । सीमा सुरक्षामा खटिएका नेपाल सशस्त्र प्रहरीले दैनिक गस्ती गर्छन्। सीमा स्तम्भको निगरानी गर्छन् । भारतीय सिमा सुरक्षा बलको सिमा सुरक्षामा उपस्थिती धेरै छ । अहिले त्यही अनुपातमा नेपाली सुरक्षा वल स्थापना हुदै गएको छ । अनुगमनमा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, सशस्त्र प्रहरी वल नेपाल नं। २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख राबहादुर केसी, श्री नं। १९ बाहिनि अड्डा प्रमुख अनिल सिंह, राजपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुर्यप्रसाद चौधरी लगायतको उपस्थिती रहेको थियो ।No description available.No description available.No description available.No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार