रुकुमपूर्वमा खाद्य कम्पनीका चारवटा डिपो स्थापना हुँदै

उज्यालो प्रतिनिधि २५ आश्विन २०८०, बिहीबार समाचार

रुकुम । रुकुमपूर्वमा खाद्यको चामलको माग बढेपछि चार ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो स्थापना गर्ने भएको छ । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुमकोट शाखा र बिक्री केन्द्र तकसेराबाट चामल बिक्री हुँदै आएकामा यो वर्ष थप चार ठाउँमा खाद्यको डिपो स्थापना गरेर चामल बिक्री गरिने भएको हो ।

“रुकुमपूर्व हिमाली जिल्ला भएका कारण धान कम उत्पादन हुन्छ । यहाँ चामलको माग निकै छ । गत वर्षमात्र पहिलो पटक जिल्लामा शाखा स्थापना भएकामा कार्यालयको मागेको कोटाभन्दा पनि बढी चामल उपभोक्तालाई बिक्री गरेका थियौँ”, रुकुमकोटस्थित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले भने ।

पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोट, भुमे गाउँपालिका–२ खाबाङबगर, वडा नं– ९ चुनबाङ र सिस्ने गाउँपालिका–१ पाखागाउँमा स्थापना हुने नयाँ डिपोका लागि पनि चामलको कोटा निर्धारण गरिएको निमित्त कार्यालय प्रमुख खड्काले बताए । उनका अनुसार मैकोटमा स्थापना हुने डिपोमा एक हजार क्विन्टल, खाबाङबगर, चुनबाङ र सिस्नेको पाखागाउँमा स्थापना हुने डिपोमा पाँच÷पाँच सयका दरले कोटा निर्धारण गरिएको छ । नयाँ डिपोका लागि जिल्लामा ३० हजार क्विन्टल चामल आउने भएको छ ।

त्यस्तै जिल्लामा शाखा स्थापना भएसँगै गत आर्थिक वर्षमा दुई हजार आठ सय क्विन्टल चामल बिक्री गरिएकोे थियो । तकसेरा बिक्री केन्द्र र शाखा कार्यालय रुकुमकोटबाट दुई हजार आठ सय क्विन्टल चामल बिक्री भएको हो । चालु आर्थिक वर्षमा पनि दुई हजार पाँच सय क्विन्टल चामल जिल्लामा आउने पक्का भइसकेको छ । नयाँ थप हुने चार वटा डिपोबाहेक रुकुमकोट शाखा र तकसेरा बिक्री केन्द्रका लागि दुई हजार पाँच सय क्विन्टल चामल जिल्लामा आउन लागेको हो ।

तुलसीपुर र भैरहवाबाट रुकुमकोट शाखाका लागि सात सय ५० र भैरहवाबाट तकसेरा बिक्री केन्द्रका लागि एक हजार क्विन्टल चामल जिल्लामा आउने भएको छ । चामल ल्याउन तीन फरकफरक ठेकेदार कम्पनीले ठेक्का पाएको निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिए । अहिले पनि कार्यालयमा दुई सय ८० क्विन्टल चामल मौज्दात रहेको र दर्शै, तिहार र छठ पर्वका लागि स्थापना गरिएको सुपथ मूल्य पसलका लागि पनि पाँच सय क्विन्टल चामल रहेको बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार