काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले लोकतन्त्रमा राजतन्त्रको समेत वकालत गर्न पाउने भएकाले लोकतन्त्र भन्दा उन्नत राजतन्त्र हुन नसक्ने जिकिर गरेका छन् ।
उज्यालो नेटवर्कसंगको कुराकानीमा उनले पछिल्लो समय लोकतन्त्रले दिएको स्वतन्त्रता प्रयोग गरेर राजावादीहरुले राजतन्त्रको वकालत गरेको देख्दा उदेक लागेको बताए । जुन व्यवस्थामा राजतन्त्रको माग गर्न पाएको छ, जसको पनि आलोचना गर्न पाउने वाक स्वतन्त्र दिएको छ, त्योही व्यवस्थाको खारेजीको माग गर्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
‘पछिल्लो समय राप्रपाले समेत कांग्रेस एमाले र माओवादीलाई पुरानो दल अनि उनिहरु चहि नयाँ दल भन्न थालेका छन् । जुन पार्टीले राजतन्त्रको समयमा राजाको बलमा जनता माथि चरम दमन गरेका थिए तिनिहरुले नै आफुलाई नयाँ र केही गरेरे देखाउने पात्रको रुपमा व्याख्या गरेर लोक हाँसाउने काम गरेको छ ।’ पौडेलले भने ।
उनले थप भने ‘ गणतन्त्र आएको ८ वर्षमा देशमा केही भएन भनेर हिसाब खोज्ने साथीहरूले राजतन्त्रले २४० वर्षमा के के गरेछ, सार्वजनिक गर्ने हिम्मत गरियोस, राजाको समय के भयो, गणतन्त्र आएपछि के के भयो चौतरामा बसेर हिसाब गर्न तयार छु ।’
साथै उनले जान्नेलाई छान्ने भनेरा आएका रविहरुसंग निश्चित विचार र दृष्टिकोण नहुदा ढिलोचडाो बिलाएर जाने बताएका छन् । पार्टी निर्माणका लागि इतिहास चहिन्छ, संघर्ष चाहिन्छ, निश्चित विचार चाहिन्छ । रविहरुसंग केही छैन । लहैलहैमा रहरमा निर्माण भएको पार्टी जसरी बन्यो त्यसरी सकिन्छ’ पौडेलले बताए ।