विचार र दृष्टिकोण विनाको रास्वपा मोटाएको हैन, सुन्निएका हुन – पौडेल

उज्यालो प्रतिनिधि २५ आश्विन २०८०, बिहीबार समाचार

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी मोटाएको नभइ सुन्निएको टिप्पणी गरेका छन् ।

उज्यालो नेटवर्कसंगको कुराकानीमा उनले कतिपय मानिसलाई रवि लामिछानेका पार्टी एक्कै पटक ठुलो भयो, अब झन ०८४ मा सबैभन्दा ठुलो दल हुने पो हो कि भन्ने भ्रम पैदा भएको तर जनताले मोटाएको कि सुन्निएको छुट्याउन सक्नुपर्ने बताए ।

‘रविहरुसंग विचार र दृष्टिकोण छैन, अन्य दलहरुको आन्तरिक समस्य, पार्टीहरुमा भएको गठबन्धनको फाइदा रास्वपाले लिएका हुन, पार्टी निर्माणका लागि इतिहास चहिन्छ, संघर्ष चाहिन्छ, निश्चित विचार चाहिन्छ । रविहरुसंग केही छैन । लहैलहैमा रहरमा निर्माण भएको पार्टी जसरी बन्यो त्यसरी सकिन्छ’ पौडेलले बताए ।

साथै पछिल्लो समय केही अराजक समूहलेले व्यवस्था परिवर्तनको कुरा उठाएर समाजमा भ्रम छर्न खोजेको त्यसलाई चिर्न एमाले सधैं तयार रहेको बताए । केही पात्रहरूले देखाएको अराजकतालाई एमालेले ठाउको ठाउ प्रतिकार गर्ने ल्याकत राख्ने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार