काठमाडौं । अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले होटल तथा रेष्टुरेण्ट क्षेत्रको मुख्य काममा आपूर्तिकर्ता मार्फत् भइरहेको गैरकानुनी करार श्रमिक नियुक्तिलाई अविलम्ब सच्याउन माग गरेको छ ।
संघको असोज २१ गते बसेको केन्द्रीय समितिाको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै संघले यस्तो माग गरेको हो । संघका केन्द्रीय अध्यक्ष कुमार पन्तद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘होटल तथा रेष्टुरेण्ट क्षेत्रको मुख्य काममा समेत आपुर्तिकर्ता मार्फत तथा करार श्रमिक नियुक्ति गर्ने गैरकानुनी कार्य तत्काल सच्याउन सम्पूर्ण व्यवस्थापन पक्षलाई सचेत गराउँदछौँ । अन्यथा त्यसको विरुद्ध सशक्त संघर्ष गर्ने ।’
यस्तै संघले सेवा शुल्कको खारेजीपछि श्रमिकमा परेको समस्यालाई ध्यान दिँदै सेवा शुल्कको पुनः प्राप्तिको लागि सबै प्रतिष्ठानहरुमा श्रमिक सम्वाद गर्ने, सरोकारवाला पक्षसँग अन्तरक्रिया तथा कानुन निर्माण गर्नको लागि आवश्यक दबाबमुलक कार्यक्रम गर्ने निर्णय समेत गरेको अध्यक्ष पन्तले जानकारी दिए ।