धानमा ‘कालो पोके’ रोग

उज्यालो प्रतिनिधि २४ आश्विन २०८०, बुधबार समाचार
तुलसीपुर ।   यहाँका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको हो । यो रोग लागेपछि धानका बोट कालो पोको हुने र धानको गेडा नष्ट गर्ने गर्दछ । यसले उत्पादन घट्ने भएपछि किसान चिन्तित बनेका छन् ।
“धानमा कालो पोके रोगले सताएको छ । फलेका गेडामा कालो पोके लागेको छ”, दङ्गीशरण–४ का थम्मनबहादुर रेउलेले भने, “यो वर्ष उत्पादन घट्ने भयो ।” यसअघिका वर्षमा युएस ३१२ जातको धान उत्पादन बढी हुने र रोग पनि नलाग्ने भएकाले यसवर्ष पनि यही लगाइएको उनको भनाइ थियो ।
“यो धानले धेरै उत्पादन दिने भएकाले धेरै किसानको रोजाइमा पर्ने गर्दछ । यस वर्ष हावापानी नमिल्दा यसरी नै धोका खानुपर्‍यो”, स्थानीय जयलाल वलीले भने, “धेरै उत्पादन हुन्छ भनेर यही धान लगाएका हौँ । यस वर्ष समयमा पानी नपर्दा, मौसममा आएको परिवर्तनलगायत कारण होला यसरी रोग लागेको छ ।” बालीमा रोग लागेपछि यहाँका सबै किसान चिन्तित बनेका उनको भनाइ थियो ।
कालो पोको बीउबाट लाग्ने रोग भएकाले अब उपचार गर्न सम्भव नभएको दङ्गीशरण गाउँपालिकाका प्राविधिक सहायक मानबहादुर डाँगीले बताए । किसानलाई एग्रोभेटबाट हाइब्रिट बीउ भन्दा उन्नत जातको बीउ प्रयोग गर्न पटकपटक भन्ने गरिए पनि उनीहरुले हाइब्रिट बीउले धेरै उत्पादन दिन्छ भनेर लगाएका  उनले बताए । आगामी वर्ष हाइब्रिट बीउ नलिने र लिए पनि उपचार गरे÷नगरेको प्रष्ट भएर मात्रै लिनुपर्ने उनको भनाइ थियो ।
“हाइब्रिट जात कुनै पहाडतिरका लागि बनाइएको हुन्छ । त्यही धान तराईमा लगाउँदा यस्तो समस्या देखिन सक्छ”, डाँगीले भने, “नेपालमै सूचीकृत नगरिएका बीउ पनि किसानले लगाउने गरेका छन् ।” उनका अनुसार जिल्लामा फड्के कीराले पनि धान बालीमा असर गरेको छ । दङ्गीशरणमा मात्रै दुई हजार छ सय ३१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार