काठमाडौं । बालाजुबाट स्वयम्भू जाँदा बनस्थली चोक आउछ । उक्त चोकको तिनचार घर पछि दायाँ तिर एउटा रातो कलरको भवन देख्नुहुनेछ । त्यस भवनको माथि छतमा सेकुवा प्यालेस को बोर्ड देख्नुहुनेछ ।
नेपालीहरु खानामा शोखिन छन् । अझै विशेषगरी सेकुवाको पाराखीहरु प्रशस्त भेटिन्छ । तर वरिपरि राम्रो सेकुवा नपाउँदा टाढाटाढा सम्म गएर पनि सेकुवाको स्वाद लिएको पाइन्छ ।
अब काठमाडौंको रिङरोडकै छेउ बनस्थलीमा मिठो सेकुवा पाउने रेष्टुरेन्ट संचालनमा आएको छ । मीठो मात्रै हैन अरु ठाउमा भन्दा धेरै सस्तो पनि रहेको छ । कुनै ग्यासचुलो प्रयोग नगरी दाउरामा पोलेको अर्गानिक सेकुवा खाना मन छ भने सेकुवा प्यालेसले तपाईंको इच्छा पूरा गर्नेछ ।
पारिवारिक वातावरण, स्वयम्भूनाथ प्रष्ट देख्ने रमणीय दृश्यहरु हेर्दै त्यहाँ सेकुवा संगै विभिन्न खाजा, खानाको परिकारहरु पाउने उक्ति रेष्टुरेन्टका संचालन दिपक लामाले उज्यालो नेटवर्कलाई जानकारी गराए ।
उनले थप भने ‘हामीले सस्तो मुल्य बेचेर दर्शकहरुको अत्याधिक माया पाउने उदेश्य राखेका छौँ, हुक्का समेत जम्मा २५० रुपैया दिएका छौँ, सेकुवा खसिकै खाए पनि प्रतिकिलो १९०० रुपैयाँ, चिकेन सेकुवा ९००, पोर्क सेकुवा ११००, बफ सेकुवा १००० लिएको छु । सेकुवा खाना २५० देखि ४९० सम्म राखेको छु ।’
सस्तो र मीठो उक्त रेष्टुरेन्टको विशेषता हो । त्यहाँ एक पटक आएको ग्राहक दोर्याएर पुनः आउने गरेका छन् ।