नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घट्यो

उज्यालो प्रतिनिधि २३ आश्विन २०८०, मंगलवार अर्थ

काठमाडौँ । यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न दुई सय ८२ कम्पनीका ४२ लाख ८७ हजार चार सय २४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ मा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह एक दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको रू २० करोड ३७ लाख ९४ हजार नौ सय ९१ बराबरको चार लाख ३३ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार