कर्णालीमा ‘लागुऔषधविरुद्ध लालटिन’ अभियान

उज्यालो प्रतिनिधि २३ आश्विन २०८०, मंगलवार कर्णाली प्रदेश

कर्णाली ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ । पछिल्लो समयमा लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै जान थालेपछि यहाँको शान्ति सुरक्षामा देखिएको चुनौती सामना गर्ने ध्येयले रणनीतिक योजनासहितको अभियान तयारीका लागि सुझाव सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार सुरक्षित कर्णाली विशेष अभियानको प्रारम्भका बेला प्रहरीले एक लाख ८४ हजार नागरिकको घरमा स्टिकर टाँसेको थियो । अब भने ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ सुरु गर्न लागेको हो । यो अभियानको यही असोज २५ गते उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले औपचारिकरूपमा उद्घाटन गरी अगाडि बढाउने कार्यक्रम तय भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार