काठमाडौँ । दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८० अन्तर्गत गायक शैलाप वाइबले भाषा भाषि गीतको विद्याबाट बर्षकै उत्कृष्ट गायकको अवार्ड हात पारेका छन । एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्ड चावहिलको सभाहलमा एक्टिभ इन्टरटेन्टमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
नुवाकोट जिल्लामा जन्मिएर शिक्षण पेशा छोडेर लामो समयदेखि नै निरन्तर गीत संगीतको क्षेत्रमा होमिएका म्हेन्दोमाया तथा लोक दोहोरी गायक तथा संगीतकार, राचनाकार शैलाप वाइबा अहिलेको अवस्थामा निकै व्यस्त कलाकारको रुपमा चिनिन्छ । उनको दिनचार्य देश, बिदेशमा आयोजीत सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरुमा भ्रमण अनि फुर्सदमा स्टुडियोमा नै बित्ने गर्दछ ।
बहु प्रतिभाशाली कलाकार शैलापको विशेष गरी तामाङ समुदायका मौलिक गीत म्हेन्दोमाया, साईकोले गीत , दोरा माने गीत जस्ता दर्जनौं हिट गीतहरुले बजार तताएको छ । उनले सिर्जना गरेका र स्वर संगीत भरेको म्हेन्दोमाया गीतहरुले गर्दा नै उनको लोकप्रीयता बढेको भन्दा फरक पर्दैन ।