युवा शक्ति नै नेपालको विकासको आधार हो : एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदा

उज्यालो प्रतिनिधि २२ आश्विन २०८०, सोमबार समाचार

काठमाडौँ । एसियाली विकास बैंकका पूर्वअध्यक्ष प्राध्यापक हारुहिको कुरोदाले नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्ने बताएका छन्। चीन, जापान, ताइवान, कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्कृय जनशक्ति बढेको भन्दै उनले नेपालमा भने यस्तो समस्या नरहेको बताए।

काठमाडौंमा आयोजित युवासँगको एक अन्तरसंवादमा कुरोदाले मानव स्रोत नै नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र रहेको उल्लेख गरे। नेपालसँगै दक्षिण एवम् दक्षिण पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदरको समस्या नरहेको भन्दै उनले मानव मस्तिष्कको उपयोगमा लाग्न सुझाव दिए।

नेपाली विद्यार्थीहरु विदेश गइरहेकोतर्फ सङ्केत गर्दै कुरोदाले भने, ‘पूँजी, प्रविधि, शिक्षा र सीपको विकास गरी त्यो जनशक्तिलाई आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ। छिमेकी चीन र भारतजस्ता मुलुकले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काएर आर्थिक विकासमा फड्को मारेको उदाहरणलाई नेपालले पछ्याउन जरुरी छ।’

 

एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा। विन्दुनाथ लोहनीले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक प्रतिवद्धतासँगै अग्रसरता आवश्यक भएको बताए। सो अवसरमा सहभागी विद्यार्थीहरुले विश्व अर्थतन्त्र र त्यसबाट नेपाललाई पर्ने प्रभावका विषयमा राखेका जिज्ञासाको प्राध्यापक कुरोदाले जवाफ दिनुभएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार