प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान, साँझ सर्वदलीय बैठक पनि बस्ने

उज्यालो प्रतिनिधि २२ आश्विन २०८०, सोमबार मुख्य नेटवर्क

काठमाडौँ   ।   इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् ।

आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री दाहालले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक पनि बोलाएका छन् । बैठकमा सोही विषयमा छलफल हुनेछ । नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्री दाहालले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहनुभएको छ ।
प्रधानमन्त्री दाहालले इजरायल–हमास युद्धले निम्त्याएको सङ्कट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गर्नुभएको हो । सो सन्दर्भमा प्रधानमन्त्री दाहालले असोज २० गते घटनाको भत्र्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्री दाहालले इजरायलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका थिए।
इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे यकीन गर्न र उनीहरूको उद्धार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्री दाहालले बालुवाटारमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री, उपप्रधानमन्त्री  एवम् गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र मनत्रालयका सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए ।
सो बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सम्मिलत एक ¥यापिड एक्सन टीम गठन गरेको थियो । नेपालीको उद्धार र फिर्तीसम्बन्धी आवश्यक गृहकार्यका लागि आज विहान उक्त टीमको बैठक बसिरहेको छ ।
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत सङ्कलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार