हमास–इजरायल युद्धमा ४ अमेरिकी मारिएको पुष्टी

उज्यालो प्रतिनिधि २२ आश्विन २०८०, सोमबार विश्व

गाजा इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका कारण अहिलेसम्म सयौंको ज्यान गइसकेको छ । यस युद्धले निम्त्याएको विनाशले सबैलाई हल्लाएको छ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस युद्धमा अहिलेसम्म १ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौं घाइते भएका छन । गत शनिबार देखी सुरु भएको युद्धमा सयौं अपहरणमा परेका छन, अझै त्यसको बिस्तृत बिवरण आइसकेको छैनन ।

यसैबिच, सीएनएनमा उल्लेख भएको समाचार अनुसार अमेरिकी कांग्रेसका सदस्यहरूले इजरायलमा भएको आक्रमणमा चार अमेरिकी नागरिकको पनि ज्यान गएको बताएका छन् ।

संसदको प्रमुख समितिको बैठकमा उक्त जानकारी दिइएको हो । युद्धमा ज्यान गुमाउने अमेरिकीहरुको संख्या बढ्दै गएको छ, तथ्यांक संकलन गर्ने कार्य जारी रहेको छ ।

उता, इजरायलको हवाई आक्रमणमा १४ प्यालेस्टाइनीको मृत्यु भएको हमासले जनाएको छ । मृत्यु हुनेमा बालबालिका र महिला पनि छन् । यो हवाई आक्रमण गाजाको रफाह क्षेत्रमा गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार