अनिल श्रेष्ठको ‘मिटरब्याजी धन्दा’मा हरिको पनि साथ, घरबारविहीन बनिन् रति तण्डुकार [भिडिओसहित]

उज्यालो प्रतिनिधि १९ आश्विन २०८०, शुक्रबार उज्यालो फोकस

ललितपुर । मिटरब्याजको धन्दा चलाएर ललितपुरस्थित महालक्ष्मी नगरपालिकाका अनिल श्रेष्ठले लुभुस्थित चुनदेवीकी रति तण्डुकारलाई घरबारविहीन बनाएको पाइएको छ ।

रति तण्डुकारकी श्रीमान उतम तण्डुकारलाई ऋण बापत् केही रकम दिएर अनिलले उनको नामको जग्गा आफ्नो नाममा धितो रुवरुप पास गरि राखेका थिए । उतम कुमारको निधन भएपछि उनले सो जग्गा बिक्री गरेको खुलासा भएको छ ।

मिटरब्याजको धन्दा चलाएका अनिललाई ललितपुरकै हरि कुमार श्रेष्ठले साथ दिएको पाइएको छ । पहिल्यैदेखि चिनजानमा रहेका अनिलले उक्त जग हरि कुमारलाई बिक्री गरेको पाइएको हो ।

हरि कुमारले पनि आफूले अनिलसँग उक्त जग्गा किनेको बताएका छन् ।

के हो घट्ना ?

घट्ना २०६९ सालबाट सुरु हुन्छ । अनिल श्रेष्ठ एउटा सहकारीमा आबद्ध थिए । लुभु क्षेत्रमा नाम कमाएका अनिल श्रेष्ठसँग पहिल्यैदेखि चिनजान थियो, उतम कुमार श्रेष्ठको । व्यवसायका लागि पैसा आवश्यक परेपछि उतम कुमारले अनिल श्रेष्ठसँग १५ लाख ऋण मागे । आफूले चलाउँदै आएको मिटरब्याजमा सहमत भए पैसा दिने वचन दिए अनिल श्रेष्ठले ।

पैसाको खाँचो परेकाले उनको शर्तमा सहमत बने, उतम कुमार । समयमा सावा ब्याज बुझाउन नसकेपछि दुई वर्षपछि २०७१ साल असार महिनामा उतम कुमारको घरमा आइपुगे, अनिल श्रेष्ठ । त्यसपछि अनिलले आफ्नो सावा १५ लाखको दुई वर्षको ब्याज २१ लाख भएको सुनाए । सावा र ब्याज गरी आफूले ३६ लाख रुपियाँ पाउनुपर्ने उनले दावी गरे ।

उतम कुमारले आफूले तत्काल पैसा दिन सक्ने अवस्था नभएको सुनाए । त्यसपछि अनिलले शर्त तेस्र्याए, उतम कुमारको नाममा भएको घरजग्गा उनको नाममा पास गरिदिने, ऋणको भाखा दुई वर्ष थप गर्ने । पैसा बुझाउने अवस्था नभएछि उतम कुमारले दुई वर्षको भाखा राखी उनको नाममा ललितपुर जिल्ला लुभु गाविस वडा नं. ५ स्थित किता नम्बर २००ल को क्षेत्रफल ३ आना ३ पैसा ३ दाम र किता नम्बर ४२७ को १ आना ३ पैसा ३ दाम क्षेत्रफल भएको जग्गा २०७१ साल असार ०९गते नामसारी गरी दिए ।

नामसारी भएकै दिन अनिलले दोहारो कागज गरेर दिए, जसमा लेखिएको थियो, ‘माथि उल्लिखित जग्गाहरु धितो पास गरि लिएको हो तपाई उतम तण्डुकारले लिएको रकम र ब्याज २ वर्षभित्रमा फिर्ता गरी दिएमा मैले पास गरी लिएको माथि उल्लिखित किता जग्गाहरु तपाई वा तपाईले इच्छाएको व्यक्तिको नाममा पास गरी दिनेछु ।’

समय फेरि २ वर्ष बित्यो, उतम कुमारले पैसा तिर्ने अवस्था भएन । तिर्न सक्ने अवस्था भएपछि अनिलले मिटरब्याजको उकालो सुईको हिसाब सुनाए र भने तपाईको ३६ लाखको ब्याज समेत गरी अहिले ४६ लाख पुग्यो । फेरि १ वर्षको म्याद राखेर अर्को कागज गर्ने सहमति बन्यो । र, २०७३ साल भाद्र २२ गते अर्को दोहोरो कागज बन्यो । ४६ लाखको सावा ब्यज बुझाउने र जग्गा फिर्ता लिने कागजको व्यहोरा यही थियो ।

अब भने उतम कुमार जग्गा फिर्ता लिन कस्सिए । र, अनिललाई भने, ‘मैले लिएको वास्तविक रकमको सावा र ब्याज समेत पुनर्विचार गरी वास्तविकता मैले बुझाउने पर्ने रकम के कति हुन्छ सहमति गरी रकम एकिन गरौँ म रकम फिर्ता गर्छु ।’

तर, अनिलले मानेनन् । उनले कागज अनुसारकै सावा ब्याज मागे । यही सिलसिला जारी रहँदा रहँदै २०७८ साल साउन २३ गते उतम कुमारको निधन भयो ।

यसरी रति तण्डुकारलाई ललाईफकाई गरेर आमा समान मान्छु भनेका अनिल श्रेष्ठले उक्त घरजग्गा २०७८ साल फागुन १६ गते हरि कुमार श्रेष्ठलाई बेचेको तथ्य फेला पर्यो । यो कुरा रति तण्डुकारले त्यतिबेला थाहा पाइन्, जतिबेला डोजरसहित एउटा समुह उनको घरमा अचानक आइपुगे ।
२०७८ साल चैत २० गतेको कुरा हो, ५÷७ वटा बाइकसहित एउटा डोजर लिएर एक हुल मान्छे उनको घर अगाडि आइपुगे । र धमाधम घरको पर्खाल भत्काउन थाले । त्यसपछि थाहा भयो, अनिल श्रेष्ठले यो जग्गा सम्बन्धित घरजग्गा धनीलाई थाहै नदिई बेचिसकेका रहेछन् ।

यसपछि रति तण्डुकार पूरा रात निदाउन सकेकी छैनन् । छटपटीले उनको जिन्दगीसँग सामीप्यता गाँसेको छ, उनको मन स्थिर छैन । यो भिडियो हेर्नुहोस् ।

यस विषयमा अनिल श्रेष्ठले भने आफू मिटरब्याजी कारोबारी नरहेको बताए । बरु आफूले उतम कुमारको परिवारलाई सहयोग नै गरेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार