दार्चुला  मिनिट्रक दुर्घटना हुँदा  एकको मृत्यु

उज्यालो प्रतिनिधि १८ आश्विन २०८०, बिहीबार समाचार
 
खलङ्गा (दार्चुला)   ।    दार्चुलाको दुहु गाउँपालिका–३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
आज बिहान महाकाली नगरपालिकाको खलङ्गाबाट दुहुको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नंको मालवाहक मिनिट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा दुहु–३ ब्रहमदेवका अन्दाजी ४५ वर्षका करनसिंह बोहराको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनले भने, “चालकको खोजी गर्दा नभेटिएपछि फरार रहेको हुन सक्ने आशङ्का गरिएको छ । उक्त मिनिट्रकमा मृतक बोहराको खाद्यान्न चामल थियो ।” घटनास्थलमा इलाका प्रहरी कार्यालय हिकिलाबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालको नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।
उक्त मिनिट्रक सडकदेखि करिब तीन सय ५० मिटर तल महाकाली नदी किनारामा खसेको थियो ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार