सभापति देउवाद्वारा बझाङमा भूकम्पबाट भएको क्षतिप्रति दु : ख व्यक्त

उज्यालो प्रतिनिधि १७ आश्विन २०८०, बुधबार समाचार
काठमाडौँ  ।   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मङ्गलबार गएको भूकम्पका कारण एकको मृत्यु, केही बेपत्ता र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले आज एक विज्ञप्तिमार्फत सो घट्नाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नुभयो । सभापति देउवाले युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी, भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सरकारसँग आग्रह गरे।
उनले स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आग्रह गर्दै यस विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी तथा दाजुभाइमा अपिल गरे ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार