प्रवेश परिक्षा रोकेर पुल्चोकले इन्जिनियरिङका विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको आरोप

उज्यालो प्रतिनिधि १७ आश्विन २०८०, बुधबार मुख्य नेटवर्क

ललितपुर । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान विद्यार्थीलाई जिम्मा लाउने विभागीय प्रमुखहरूको कदमप्रति अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले कडा आपत्ति जनाएका छन्।

मंगलबार पुल्चोक क्याम्पसका ६ जना विभागीय प्रमुखले विज्ञप्ति निकाल्दै विद्यार्थी संगठनहरूलाई क्याम्पस चलाऊ भनेकामा मैनालीले प्रतिवाद गरेका हुन्। मैनालीले प्राध्यापकहरूको हैसियत र सोचप्रति पनि प्रश्न उठाएका छन्।

‘इन्जिनियरिङ अध्ययन संस्थान हो कि एकान्तकुनाको यातायात कार्यालय? बस व्यवसायी संघ सञ्चालक समितिका सदस्यहरूजस्ता किन देखिन थाले पुल्चोक मुख्यालयमा बडेबडे कुर्सीमा बस्नेहरू लाज ढाक्नुस्’, उनले भने, ‘प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुन थाल्यो।’

हरेक वर्षझैँ प्रवेश परीक्षाका बेला विभिन्न समस्या देखाउँदै समयमा परीक्षा लिन असफल आईओई प्रशासन यसपालि पनि महिर्नौँदेखि समस्यामा रुमलिएको छ।

मैनालीले विभागीय प्रमुखहरूको कदमलाई गैरजिम्मेवारीपनको हद भनी आरोप लगाएका छन्।

‘लामो समयदेदेखि शुल्क वृद्धिसँग सम्बन्धित विवादमा अल्झिएको आईओईले यो वर्ष प्रवेश परीक्षा सञ्चालन गर्न नसक्दा अभिभावकसहित करिब १५ हजार भन्दा बढी विद्यार्थी चिन्तित छन्’, उनले भने, ‘मुलुकमा शैक्षिक वातावरण नभएको भन्दै विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने क्रम तीव्र भएको छ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार