अधिक भारसहित गुडाइन्छन् टिप्पर

शिवु खनाल १७ आश्विन २०८०, बुधबार समाचार

देउखुरी । बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न जिल्लामा सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा डाला थपेर बढी भार बोक्ने टिप्परको बिगबिगी रोकिएको छैन । डाला थपेर निर्धक्क निर्माण सामग्री बोक्दा पनि प्रहरी प्रशासन, यातायात व्यवस्था कार्यालयले त्यस्तो कार्य नदोहोरिने सुनिश्चित गर्न सकेको छैन । नियामक निकायले सामान्य मात्रै कारबाही गर्दा टिप्पर सञ्चालक हौसिएको सर्वसाधारणको गुनासो छ ।

 

दाङ जिल्लासहित देउखुरीका विभिन्न क्षेत्रका दर्जनभन्दा बढी हाराहारीमा टिप्परले डाला थपेर स्वरूप परिर्वतन गर्दै निर्माण सामग्री बोक्ने गरेको अनुमान गरिएको छ । तीमध्ये आधाभन्दा धेरै क्रसर व्यवसायीका छन् । त्यसरी डाला थपेर स्वरूप परिवर्तन गर्नु गैरकानुनी कार्य हो । जिल्लामा ठूला टिप्परमा मात्रै नभएर साना आकारका सवारीसाधनले डाला थपेर बालुवा र इँटा बोकिरहेको राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले दाङका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकषर्ण गराउनु भएको छ । उनले प्रहरीसँग डाला थप्ने व्यवसायीको के कुरा मिल्छ र नियमित रूपमा अनुगमन हुँदैन भन्ने कुरा थाहा पाउन नसकेको भन्दै, यस्ता कार्यलाई तत्कालै नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीलाई अग्रह गरे । उनले दैनिक त्यसरी गुड्ने सवारी साधनलाई प्रहरीले चेकजाँच समेत नगरेको गुनासो गरे ।

 

मुख्य रूपमा देउखुरी क्षेत्रबाट निर्माण सामग्री जिल्ला भित्रिन्छ । अधिकांश टिप्पर राति चल्छन् र अँध्यारोको फाइदा उठाउँदै थपिएका डालामा ओभरलोड बोक्छन् । ओभर लोडकै कारण लमही–घोराही मुख्य मुख्य सडकको अवस्था निक्कै कमजोर बनेको छ । जिल्ला भित्रिएपछि पनि त्यस्ता सवारीसाधनको चेकजाँच हुँदैन । संगठित रूपमै ठूला आयोजनाका नाममा टिप्परमा डाला थपेर माटो बोक्न थालिएको लामो समय भइसकेको छ । दाङ जिल्ला सहित अन्य छिमेकी जिल्लाका ग्रामीण भेगबाट समेत डाला थपिएका टिप्परले निर्माण सामग्री बोक्न थाले पनि प्रहरी प्रशासन भने यसबारे बेखबरजस्तै रहेको उनले बताए ।

ढाला थपेर निर्माण सामग्री बोक्ने टिप्परलाई नियन्त्रणमा लिने

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले ढाला थपेर माटो तथा निर्माण सामग्री बोकेका टिप्परलाई तत्कालै नियन्त्रणमा लिने बताएका छन्। उनले जिल्लामा क्षमताभन्दा बढी सामग्री बोक्ने त्यस्तो टिप्परहरुलाई तत्कालै सुरक्षा निकायको सहयोगमा नियन्त्रण्मा लिएर कार्बाहीको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्। ओभरलोडका कारण दुर्घटना न्यूनिकरण गर्ने विषयमा ट्राफिक प्रहरीले ध्यान दिन्छ, कसैले अँखा चिम्लिने कुरा हुदैँन, अनियन्त्रित रुपमा सवारीसाधान चलाउने जो कोहीलाई पनि प्रहरीले नियन्त्रणमा लिइ कार्वाहीको प्रक्रिया तत्कालै अगाडि बढाउनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार