रूपान्तरण लिएर सीमा नाकाका गाउँमा माओवादी केन्द्र

शिवु खनाल १५ आश्विन २०८०, सोमबार समाचार

देउखुरी ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तीनमहिने ‘जनतासँग विशेष रूपान्तरण अभियान’ अन्तर्गत गाउँ–गाउँमा पुगेर पार्टी सदस्यता नवीकरण र वितरण गर्ने कार्य भइरहेको छ । ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ नारा बोकेर नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता भदौ १६ देखि गाउँ पसेका हुन् ।

अभियानले रूपान्तरण सहितको माओवादी बनाउने लक्ष्य लिएको नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य अमर कवर (नविन)ले बताए । सोमबार  मात्रै अभियान लिएर भारतसंग सीमा जोडिएको दाङको राजपुर गाउँपालिका अन्तरगत रहेका विभिन्न सीमावर्ती क्षेत्रमा पुगेको उनले बताए  । सबैभन्दा पहिला पार्टीको आन्तरिक शक्ति समस्या, समाधानमा नेता केन्द्रित भएको देखिन्छ । उनका अनुसार माओवादीबाट निर्वाचित जनप्रतिनिधि र जनवर्गीय संगठनका पदाधिकारी र कार्यकर्तालाई प्रशिक्षण र चलायमान गर्ने योजना माओवादी केन्द्रको रहेको बताए । उनले जनतासँग टुटेको पार्टी सम्बन्धलाई जोड्ने, सुधार्ने गतिविधि सीमावर्ती क्षेत्रमा भइरहेको बताए ।

पछिल्लो समय यता सीमावर्ती क्षेमा माओवादी नेता, कार्यकर्ताको सक्रियता बढेको छ । नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश कमिटी सदस्य बसन्त शर्मा (विक्रान्त)ले युवा वर्गलाई समेट्ने गरी नयाँ नयाँ कार्यक्रम सञ्चालन गरिरहेको बताए । राजनीतिक दलसँग अन्तक्रिया, जनसंगठन तथा मोर्चा प्रशिक्षण, वडादेखि पालिकासम्मका विस्तारित बैठक सम्पन्न भइसकेका छन् । उनले भने,–। ‘पार्टी सदस्यता, नवीकरण, वितरण, विवरण संकलन लगायतका काम गरिरहेका छौँ ।’ नेकपा (माओवादी केन्द्र) सबैभन्दा कमजोर देखिएका गाउँमासमेत अभियानले गति लिँदै गएको छ । युवाहरुको कमान्डमा माओवादीले जिल्लामा अभियान सशक्त बनाइएको छ । अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहनुका साथै, टोल कमिटीका बैठक सञ्चालन भइरहेका छन् । अभियानले जनता र कार्यकर्तामा एउटा तागत पैदा गरेको छ, उत्साह बढेको छ ।त्यसैगरी गढवा र राजपुर गाउँपालिका अन्तरगत विभिन्न गाउँ, टोल, बस्तीमा रहेका जनसमुदायहरुलाई पार्टीले गरेका राम्रा कामका सकारात्मक सुझावहरु दिने गरिएको छ भने पार्टीको नकारात्मक सुझावहरु जनताबाट लिने गरिएको नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य अमर कवर (नविन)ले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार