हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते

उज्यालो प्रतिनिधि १५ आश्विन २०८०, सोमबार बागमती
मकवानपुर   ।  बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
 पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगङ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर घाइते भएकाको परिचय नखुेको र उनीहरूलाई उद्धार गरेर उपचारको लागि हेटौँडा अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । दुबै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार