भुवन केसीद्धारा माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको उदघाटन,नेपाली चलचित्र र कलाकार माल्टामा भित्र्याउने

उज्यालो प्रतिनिधि १५ आश्विन २०८०, सोमबार समाचार

-अशिम लोप्चन

माल्टा । माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन एमसिदा जिराको ब्ल्याकपल रेष्टुरेन्टमा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीबाट उदघाटन भएको छ । कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष केसीले यस इन्टरटेन्मेन्ट ले माल्टाबासी नेपालीहरुलाई नेपालीपनको आभास पुर्याउन सक्ने कार्यक्रम ल्याउने र चलचित्र बोर्डबाट हुने सहयोग गर्ने समेत बताएका छन् । उनले गीत गाएर पनि मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा नायिका जिया केसी , गायिका सुनिता दुलाल पनि सहभागि रहेको थियोे । भने कार्यक्रममा गायिका सुनिता दुलालको विशेष प्रस्तुति रहेको थियोे ।

ब्लु हर्स इन्टरटेन्टमेन्टले माल्टामा नेपाली कला संस्कृति, भेषभुषा प्रवर्द्धन र मनोरञ्जन गर्न नेपाली चलचित्र लगाएत ख्यातिप्राप्त कलाकार ल्याउने र नेपाली कलाकारहरुलाई हौसला दिन स्थापना भएको भन्दै इन्टरटेन्मेन्टका परिकल्पनाकार एवम संरक्षक जिके शर्माले माल्टा संगै युरोपमा नै कार्यक्रम ल्याउन नेपालमा रहेको चर्चित मिडिया राइज मिडियासंग ब्लु हर्स इन्टरटेन्मेन्टको सहकार्य समेत भएको जानकारी गराए । उनले माल्टामा नेपाली कलाकार मार्फत बेलाबखत सांस्कृतिक कार्यक्रम दिदै नेपालीहरुलाइ एकतावद्ध गर्ने लक्ष्य लिइ नेपाली मौलिकतालाई विश्वभर फैलाउन यस ब्लु हर्स इन्टरटेन्मेन्ट निरन्तर सक्रिय रहने जनाए।

­गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल ९रेम्स० ले संस्थाले सकेको सहयोग र आफुले सहयोग गर्ने प्रतिबद्धता पनि व्यत्त गरेका थिए।

साथै एनआरएनए एनसिसी माल्टाका संस्थाका सस्थापक अध्यक्ष तेज बहादुर लिम्बुले शुभकामना सहित आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एनसिसी माल्टाकै सल्लाहकार हरि बिसिले समग्र टिमलाई शुभकामना व्यत्त गरेका थिए । उनले ब्लु हर्ष ईनटरटेन्टमेन्टले माल्टा तथा गोजोबासिलाई आफू भित्र लुकेका प्रतिभालाई प्रस्फुटन गर्नका लागि सबैमा अनुरोध गरे ।

कार्यक्रममा माल्टाबासी नेपालीहरु, विभिन्न संघ संस्था तथा व्यवसायीहरुको उपस्थिति रहेको थियोे । ब्लु हर्स इन्टरटेन्मेन्टमा संरक्षकका रुपमा उदयबाबू श्रेष्ठ समेत रहेका छन । ब्लु हर्स इन्टरटेन्मेन्ट संयोजक डम्बर राणाको संयोजकत्वमा भएको कार्यक्रमको संचालक असीम लोप्चनले गरेका थिए । भने मिडिया पाट्नरको रुपमा माल्टानेपाल अनलाइन रहेको थियोे ।

No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार