तामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक

उज्यालो प्रतिनिधि १४ आश्विन २०८०, आईतवार कला मनाेरञ्जन

काठमाडौँ । गायिका सुमिना लोको स्वर रहेको तामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक भएको छ । गीतको भिडियो ‘सदावहार टिभी’ युट्युब च्यानलमार्फ सार्वजनिक गरेको गरेको हो ।

शुक्रबार ललितपुरको लगनखेलस्थित सेफ क्याफेमा सदावहार टिभी प्रा.लि का प्रबन्ध निर्देशक विजय तामाङको अध्यक्षतामा, प्रमुख अतिथि जसपा नेपालको युवा नेता तथा गुम्बा बिहार संरक्षण संघ ललितपुरका अध्यक्ष दिपक दोर्जे लामा,अतिथिहरु जसपा तामाङ संघ नेपालको केन्द्रिय अध्यक्ष पन्चराम लो, नेपाल राष्ट्रिय घेदुङका केन्द्रिय प्रमुख कान्छा ब्लोन तामाङ र नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्यसमिति उपाध्यक्ष गंगा सिंतानले संयुक्तरुपमा ‘डम्फुहै बजाईदेउ च्याङबा’ को विमोचन गरेका हुन् ।

गीतमा शब्द सिंङ्ग मोक्तान र विजय लामाको रहेको छ भने संगीतरएरेन्ज अर्पण थिङको र मिक्सिङ आरबी सिंतानको रहेको छ । सो गीतको भिडियोमा तामाङ समुदायको महानायक अमिर दोङ, सुनिल ब्लोन डोल्मा शेर्पा र रस्मी तामाङले अभिनय गरेका छन् । गीतलाई योद्ध लामाले निर्देशन गरेका छन् भने त्रीलोक लामाको छायांकन र सम्पादन रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार