एनआरएनए युरोप क्षेत्रीय संयोजक पदमा चिन्तामणि सापकोटाले उम्मेदवारी दिने

उज्यालो प्रतिनिधि १३ आश्विन २०८०, शनिबार प्रवास

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाले आउँदो कार्यकालका लागि पनि सोही पदमै उम्मेदवारी दिने घोषणा गरेका छन्। गैरआवासीय अभियन्ताहरूको चाहना र सुझावबमोजिम आफूले पुनः युरोप संयोजक पदमै उम्मेदवारी दिन लागेकोे सापकोटाले बताए। लामो समयदेखि स्पेनको बार्सिलोनामा बस्दै आएका सापकोटा एनआरएनएका गतिविधिमा निकै खटि्ने अभियान्ता हुन्।

‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ नारासहित उम्मेदवारी दिने सापकोटाको तयारी छ। सन् २००७ देखि साधारण सदस्यका रुपमा प्रवेश गरेका सापकोटाले संघमा सक्रिय सामाजिक अभियन्ताको छवि बनाएका छन्। एनआरएनएका विभिन्न टास्कफोर्समा बसेर उनले थुप्रै अनुभव बटुलेका छन्। सापकोटा अन्य सामाजिक संस्थामा समेत आवद्ध भएर काम गरिरहेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार