पछिल्लो समय भाइरलको नाममा अनेक हर्कद गर्ने क्रम बढ्दो छ । विशेषगरी प्रविधि संगै विकास भएको सामाजिक संजाल हेर्ने हो भने यति धेरै विकृति छ कि खोइ कुन शब्दमा कुरा गरौँ । हुन त सामाजिक संजाललाई प्रयोग गर्न जान्नेहरुले सहि सदुपयोग गरेर धेरै लाभ लिएका पनि छन् । व्यापार गर्नेहरुले टिकटक वा फेसबुक लाइभ गरेर आफ्नो व्यवसायीको राम्रो प्रचार गरिरहेका छन् । घरजग्गाको काम गर्नेहरुले पनि फेसबुक युट्युब मार्फत नै आफ्नो व्यवसायी मजबुत बनाएका छन् ।
राजनीति गर्नेहरुले पनि आफ्नो विचार राख्न सामाजिक संजाललाई प्ल्याटफर्म बनाएको छ । हिजो जस्तो टुडिखेलमा लाखौं खर्च गरेर, गाउँ गाउँमा बस पठाएर, झन्डा ब्यानर प्रयोग गरेर मान्छे जम्मा पारेर विशाल आमसभा मार्फत आफ्नो विचार जनता माझ पुर्याउनै पर्दैन । इन्स्टाग्राम, टिकटक, फेसबुकमा लाइभ बसेर एक्कै पटक लाखौं मानिसहरुसम्म आफ्नो विचार पुर्याउनु सकिन्छ । हिजो जस्तो एकतर्फी सुन्ने हैन, राखेको विचारमा समेत प्रतिक्रिया आउने प्रविधि बनिसकेको छ ।
कला भएकाहरुलाई कुनै फिल्म निर्माता वा स्टुडियोको दैलो चहार्नु पर्दैन । सामाजिक संजालमा नै मज्जाले आफ्नो कला देखाउन सके त्यहीँबाट हिट खाएका व्यक्तिहरु धेरै छन् । टिकटक मार्फत उदाएका कलाकारहरु पछिल्लो समय दर्जनौं छन् । उनिहरुलाई देश दुनियाँले चिनिसकेका छन । पिन्सी र प्रिज्मा, दिपा- दमन्ता, सूधिर श्रेष्ठ, रेश्मा घिमिरे, मन्जिल बस्नेत, लगायत यसका उदाहरण हुन ।
सामाजिक संजाललाई सहि सदुपयोग गर्दा रातारात चर्चाको शिखर चुमेकाहरु पनि छन् तर पछिल्लो समय सामाजिक संजाललाई सदुपयोग गर्ने एकजना, दुरुपयोग गर्ने १०० जना हुदा समाजमा सामाजिक संजाललाई हेर्ने दृष्टिकोण अलि नकारात्मक बन्दै गएको छ ।
सन् १९९७ मा ‘सिक्स डिग्री डटकम’ बाट सुरु भएको सामाजिक संजाल आजसम्म आइपुग्दा यसको विस्तारमा ठुलो फड्को मारेको छ । संसारभरका करिब तीन अर्बा मानिसहरू अथवा विश्वको पूरा जनसंख्याको झण्डै ४०% मानिसहरु सामाजिक संजाल जोडिएका छन् । मानिस सामाजिक प्राणी भएको कारण सामाजिक संजाल मार्फत जोड्नु ठुलो कुरा हो तर सामाजिक संजाल मार्फत पैदा भएको विकृति बारे सोच्नै पर्छ ।
नेपालको सन्दर्भमा कुल जनसंख्याको ६३% भन्दा बढी मानिसहरू सामाजिक संजाल प्रयोग गर्छन् । सामाजिक संजालको कारण मानिसहरु आफ्नो सुत्ने समयभन्दा बढी समय मोबाइल चलाएर बस्छन् । एउटै परिवार भित्र पनि एकआपसमा भेटवार्ता गर्नुभन्दा घोप्टो परेर मोबाइल थिच्दै बस्छन् । यसले कतै पारिवारिक मुल्य मान्यतालाई ओझेल पार्ने त हैन ? कतै सामाजिक संजालको आवश्यकता भन्दा बढी प्रयोगले केटाकेटीहरु एकलकाँटे, आत्मकेन्द्रीत र असामाजिक त बनाइरहेको छैन ? भन्ने प्रश्न उब्जाएको छ ।
सामाजिक संजालमा बढ्दो देखावटीपनले गर्दा मानिसहरू ‘घाँटी हेरे हाड निल्नु’ भन्ने उखान भुलेर ‘आलु खाएर पीँडालुको धाक’ तर्फ उक्लिएका छन् । मानिसहरुको यस्तो बद्लिदो स्वभावले एकआपसमा ईर्ष्या, रिस र डाहाको रुपमा लिएको छ । सामाजिक संजालमा आवश्यकता भन्दा बढी प्रयोगले पठनपाठन, स्वस्थ्य तथा दैनिकिमा कस्तो र कति नकारात्मक असर परेको छ भन्ने कुरा हामी आफै अड्कल लगाउन सक्छौं । सामाजिक संजालमा कोहि असल व्यक्तित्वको बारेमा ३०% तारिफ र ७०% आलोचना गर्छ भने अधिकांश मानिसहरु सत्य तथ्य पत्ता नलगाई त्योही आलोचनालाई पछ्याउँदै उसको चरित्र हत्या गर्नमा तल्लीन रहन्छन् ।
संसार सामाजिक संजालकै कारण सत्ता निर्माण हुने र सत्ता डल्ने परिस्थिति बनिसकेको छ तर हामी सामाजिक संजालमा दुरुपयोग बाहेक केही गर्न सकेको छैन । जसरी हुन्छ भाइरल हुनु पर्यो । अरुले घोडा चढ्दा आफुले चहि धुरि चढेको जस्तो स्थिति छ । टिकटक हेर्नु पर्छ रातभरि छाडा गफ गर्ने थल जस्तो, कोही अनुहारभरि कालो धलेर टिकटक लाइभ बसेको छ, कोही डिजिटल भिखारी भएर ट्याप ट्याप गरेर बसेका छन् । यी सबै सामाजिक विकृति हुन ।
पढाइमा ध्यान दिनुपर्ने बालबालिका पनि अहिले टिकटकमै केन्द्रीत छन् । भविष्यका कर्णधारहरु पढ्न छाडेर टिकटक बनाउनतिर लागेपछि मुलुकको रुप कसरी फेरिएला ? केही स्थानीय सरकारका कार्यकारी प्रमुखहरु टिकटकमा लाइभ गर्दै प्रेमलिला गर्दा संघीयतालाई घिज्याउने सम्म भएका छन् । आफ्नो मान मर्यादा र संस्कृति बिर्सेर यस्तो खालको क्रियाकलाप गर्नाले समाज कता तिर लगिरहेको छ कसैको चासो छैन । धेरै लाइक कमेन्ट र भ्युजको चक्करमा अश्लिल भिडियोहरु हाल्ने, मनपरि मुख छाड्ने जस्ता प्रवृत्ति नेपालमा बढ्दो छ ।
भ्युजको लागि जस्तोसुकै हर्कत गर्न तयार हुने परम्परा बसिसकेको छ । नेपालमा माग्ने बुढा भन्दा बढी चर्चित भेलु बाजे छन् । उनी शब्दै बिचे अश्लिल शब्द प्रयोग गरेर भाइरल भएका हुन । आजको युवाले यस्तै कुरा रुचाउँछन् । कलाकारहरुको कुरा गर्ने हो भने ज्योति मगर नचिन्ने पनि सायदै होलान् । ज्योति मगर भन्ने बित्तिकै उनको गीत हैन दिमाग अश्लिल नाच र छोटो पहिरन याद आउछ । उनैको छोटो भिडियो क्लिप्सहरु हालेर फेसबुकमा भाइरल गराउछ ।
यस्ता नकारात्मक कुराहरूले समाजलाई सहि दिशामा अगाडि लाँदैन । समाजको वातावरण खलल पार्न र जनसमुदायमा विकृति फैलाउने खालका क्रियाकलाप कुनै पनि नागरिकले गर्न पाउदैन । भड्किलो, उत्तेजना फैलाउने र अवाञ्छनीय गतिविधि गर्न कानुनले नै बन्देज लगाएको छ । तर कानुनको धजिया उडाएर समुदायको ख्याल नै नगरी सामाजिक संजालमा प्रस्तुत हुने क्रम बढ्दो छ ।
हुन त कानुन बनाउन सदनमा पुगेका सांसदहरूको गतिविधिनै अराजक छ त बाँकी कानुन पालकहरुले कानुनको धजिया उडायो भनेर के दुख मनाउनु । राप्रपाका सांसद ज्ञान बहादुर शाहीको प्रस्तुति हेर्नुस् त । उनको अभिव्यक्तिले समाजमा द्वन्द सिर्जना गराउने, अराजक मच्चाएर बितन्डा मञ्चाउने बाहेक अरु देखिन्छ त ? बास्तबमा दिमागमा जे आउछ मुखबाट त्योही निस्किन्छ, रेडलाइट एरियामा काम गर्ने महिलाहरु उ भन्दा सभ्य हुन्छन्, केही बोल्नु अगाडि सोचेर बोल्छन् तर शाहीले यति तल्लो स्तरमा झरेर तर्क गर्छन् कि उ सांसद नै हो त भनेर बारम्बार मनमा प्रश्न उठ्छ ।
हुन त यस्तै अराजक तर्क, विचार विनाको राजनीति अरुलाई गाली गरेर नै यहाँ सम्म आएका शाहिहरु सुध्रिन्छ भन्नु र घाम पश्चिमबाट उदाउछ भन्नु एउटै हो । सुन्तलाको बोटमा स्याउको आसा राख्नु पनि मुर्खता नै हो तर कानुन बनाउन पुगेका सांसदहरू नै कानुन मिचेर मनपरि बोल्दा समाजका युवाहरूले पनि त्यहि सिक्दैछ । सामाजिक संजाल सिर्जनात्मक हैन प्रतिक्रियात्मक भएको छ । त्यसको गुरु ज्ञानेन्द्र शाहि हुन ।
ज्ञानेन्द्र शाहिले प्रतिक्रिया दिने बाहेक सिर्जनात्मक कुरा के गर्यो ? अरु माथि टिप्पणी गर्ने बाहेक मैले चहि राष्ट्रको लागि यो काम गर्यो भन्ने एउटा उदाहरण छ उनिसंग ? जतिखेर नि पनि युवाहरू भट्काएको छ, अरुको कामको आलोचना गरेको छ, समाजमा वितृष्णा फैलाएको छ । समाजलाई अगाडि लैजाने भन्दा पनि फर्काएर ढुङ्गे युग तिर लैजान खोजेको छ । अनि ज्ञानेन्द्र शाहीहरु यो समाज बाँड्ने बाँडुवा नभनेर के भन्ने ? ज्ञानेन्द्र शाहि जिन्दावाद भन्दै अरुलाई तथानाम गाली गर्नेहरुले पनि शाहिले गरेको कामको एउटा उदाहरण पेस गरोस् न । हिम्मत छ ? मुख जोत्न जस्तो सजिलो छ राष्ट्र निर्माण गर्न, आजसम्म देश बिग्रेकै मुख जोत्नेहरुको पछाडि दौडेर हैन ?
भन्नलाई त उहाँले सामाजिक संजालमा मैले निर्वाचन क्षेत्रमा ४ अर्बको बजेट लगे भने धक्कु मारे । तर बास्तबिकतामा त शाहिले एक रुपैयाँ पनि बजेट लगेको छैन रहेछ भनेर त उनको निर्वाचन क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुले भनेपछि त प्रष्ट भयो नि सामाजिक संजालबाट जनतालाई शाहिहरुले कसरी भ्रमित बनाउने रहेछ भनेर त ! ठिक छ उनले ४ अर्बको बजेट लगेको भए पनि यो व्यवस्थाले त जुम्ला जस्तो ठाउमा यत्रो बजेट पठाउने रहेछ नि किन यो व्यवस्थाको विरोध गरेको त ? हिजोको राजापालामा १ करोड बजेट नजाने ठाउमा ४,४ अर्ब बजेट जाँदा नि शाहिलाई के नपुगेर राजतन्त्रको चाहिएको हो भन्ने प्रश्न पनि उठ्छ नि ?
सामाजिक संजाल जस्तो पब्लिक प्ल्याटफर्ममा सांसद जस्तो व्यक्तिले जे कुरा पनि बोल्ने, जे कुरा नि लेख्ने भएपछि युवाहरूले पनि त सिक्ने त्योही होला नि ? आफु विकासको नाममा सिंका नभाँझ्ने अनि रेणु दाहालको आलोचना गरेर बस्न कुन नैतिकताले दिन्छ शाहीहरुलाई सुन्द पनि बडो अजीव लाग्छ । माइक पाउने बित्तिकै विबेक गुमाएर अरुलाई तथानाम बोल्ने, बोलेको कुराको कुनै भेउ नपाउनेहरुलाई ढिलोचाडो युवाहरूले चिन्ने नै छ ।
विशेषगरी नेपाली समाज किन नकारात्मक भयो, सामाजिक संजाल किन मर्यादित भएन भने लेडरसिप तहमा अमर्यादित व्यक्तिहरु उपस्थितिले पनि हो । नेता हुनु र नेतृत्व हुनु फरक हो । पछिल्लो समय स्वतन्त्र रुपमा आएका मेयरहरु हेरौं, अनि केही युट्युबबाट उदाएका सांसदहरू हेरौं । उनिहरु नेता बन्न सक्यो तर नेतृत्व बन्न सकेनन् । धरानको मेयर होस् वा काठमाडौंको उनिहरुले तय गरेको भिजन केही हदसम्म सकारात्मक होलान् तर उनिहरुले सामाजिक संजालमा दिएको प्रतिक्रियाले युवाहरूलाई अरु लिडरहरुलाई गाली गर्ने काम बाहेक अरु गरेको छैनन् ।
हामी दूधले नुहाएको पवित्र अरु सबै नाली किडा जस्तो तर्क राख्छन् । यस्ता हर्कदले युवाहरूलाई झन झन अराजक बनाउने हो, देशमा केही हुदैन भन्ने भास्य स्थापित हुने हो । अब देशमै केही हुदैछ, हामी नेतृत्व तहमा आइसकेका छौँ भन्ने सकारात्मक कोणबाट कोही बोल्दैन । बजारमा जे बिक्री हुन्छ त्योही बेच्ने फटाहा व्यापारी जस्तो भएको छ पछिल्लो युवा नेताहरू । नेपाली समाजमा कि गाली बिक्री हुन्छ कि आसु । यो मनोविज्ञानलाई बुझेर नै केही आसा गर्ने लाइकको युवा नेताहरू समाज जस्तो छ त्यसरी नै आफ्नो विचार बनाउदै हिडिरहेका छन् ।
मन परेको केटि जेठि सासू परेको जस्तैः केही आसा लागेका युवा नेताहरू दिनरात अरुलाई गाली गर्ने, युवाहरूमा वितृष्णा फैलाउने, प्रतिक्रियात्मक हुने अनि सिर्जनात्मक नहुदा युवा जमातले त्योही सिक्दा परिस्थिति झन झन गम्भीर हुँदै गएको छ । त्यसैले पनि पछिल्लो समय सामाजिक संजालमा आएको प्रतिक्रियाहरु हेर्दा कतै विज्ञान र प्रविधिले राष्ट्रलाई झन तहसनहस बनाउने हो कि भन्ने डर पैदा भएको छ । कतिपय देशमा त फेसबुक टिकटक लगायतका सामाजिक संजाललाई बन्द नै गरेको छ कारण राज्यको नियन्त्रण भन्दा बाहिर समाज गएको कारण हो । यस्तै परिस्थिति रहिरह्यो भने नेपालमा पनि त्यो दिन आउनसक्छ ।
त्यसैले युवाहरूमा विशेष अनुरोध छ । अरुले के गर्यो भन्दा नि मैले राष्ट्रको लागि के गर्यो ? त्योही दिनमा ८,१० वटा गालीको कमेन्ट् , कुनै अराजक जत्थालाई मलजल ? भनेर आफैले आफैलाई प्रश्न गरौँ । निहित स्वार्थको द्वन्दको स्वरुप बाहुआयामिक छ, यसको निराकरण नभएसम्म भ्रष्टचारमुक्त शासकीय प्रणाली, स्वच्छ समाज र समृद्धि राष्ट्रको परिकल्पना गर्न सकिदैन । कतिपय युवाहरूलाई केही अराजक नेतृत्वले भ्रममा राख्न खोजेको छ, राखिएको छ तर ती भ्रमलाई चिर्दै वास्तविक यथार्थको धारतलमा उभिनसक्नु एउटा युवाको मुख्य दायित्व हो । त्यसैले सामाजिक संजालमा आफुले दिएको अभिव्यक्तिको विषयमा पुर्ण ज्ञान राखौं । कसैको पक्ष वा विपक्षमा उभिनु अगाडि विषयवस्तुको गहिरो अध्ययन गरौँ ।