काठमाडौँ । विगत लामो समयदेखि गीतसंगीत क्षेत्रमा योगदान दिँदै आइरहेका गायक तथा संगीतकार सन्दिप स्याम्चेन तामाङको शब्द रचना र कलमान घिसिङको स्वर रहेको राजु स्याम्चेन तामाङको लोक पप गीत ´जाँदैछु परदेश´ बजारमा आएको छ।
बर्ल्युम्हेन्दो डिजिटल प्रा.लि.ले ल्याएको उक्त गीतको म्युजिक भिडियो शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको थियो। गीतमा हस्त तामाङको संगीत रहेको छ भने भिडियो निर्देशकमा एम.बि. गुरुङ छन्। अभिनयमा राजु स्याम्चेन तामाङ, सविता राई र धनु तामाङ छन्। गीतलाई मरुभुमि नारायणले छायांकन गरेका छन् भने रोशन धितालले भिडियोलाई सम्पादन गरेका हुन्।
कार्यक्रममा सभापतित्व राजु स्याम्चेन तामाङले गरेका थिए भने प्रमुख अतिथीमा सुदुरपश्चिम सरकारका पूर्व आर्थिक तथा मामिला योजना मन्त्री एवम् कंचनपुर क्षेत्र नम्बर -१ का संघीय सांसद तारा लामा तामाङ रहेका थिए।। विशेष अतिथिमा धादिङ जिल्ला नेकपा एकीकृत समाजवादी पार्टीका युवा संघ धादिङको अध्यक्ष एवम् युवा नेता प्रदिप फ्युवा तामाङ र तामाङ म्हेन्दोमाया कलाकार संघका सस्थापक अध्यक्ष सगर एस वाइबा, वरिस्ठ संगीतकार राजु खड्का,निवर्तमान म्हेन्दोमाया कलाकार संघका अध्यक्ष राज किङ वाइबा,नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति अध्यक्ष दिपक लोप्चन तामाङ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वरिस्ठ एरेन्जर राजु खड्का ,वरिस्ठ निर्देशक एम बि गुरुङ, चर्चित एरेन्जर वाङ्च्यु फ्युवा र चर्चित गायक तथा रचनाकार सन्दिप स्याम्चेन तामाङलाई सम्मान गरिएको थियो ।