मन्त्री दुलाल र जापानको राज्यमन्त्री फुमिजो विच भेटवार्ता

उज्यालो प्रतिनिधि १२ आश्विन २०८०, शुक्रबार समाचार

काठमाडौं । मित्र राष्ट्र जापानको विदेश मन्त्रालयका राज्य मन्त्री सिमिजु फुमिजो र बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल विच भेटवार्ता भएको छ।

आज विदेश मन्त्रालयमा राज्य मन्त्री फुमिजोसंग पूर्वाधार र कृषिका क्षेत्रमा प्रदेश र स्थानीय तहसंग सहकार्यको सवालमा छलफल भएको छ । साथै मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसग समन्वय गरेर काम गर्न इच्छुक रहेको बताएका छन ।

भेटवार्ताको क्रममा बागमती प्रदेशका पुर्व खेलकुद मन्त्री रत्न ढकाल, जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदी,महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, चौरी देउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाई लगायत सहभागी रहेका थिए ।

भेटवार्तामा नेपालको तर्फबाट मन्त्री दुलालले नेपालमा विभिन्न उद्योग कलकारखाना खोल्न उपयुक्त वातावरण भएको र पछिल्लो समय संघीय सरकारले पनि विदेशी लगानी भित्र्याउन विशेष प्राथमिक दिएकाले ढुक्का भएर लगानी गर्न सक्ने बताए ।

साथै मन्त्री दुलाल सहितको टोलीले फुमिजोलाई ढाका टोपी लगाएर बधाई समेत दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार