डम्पिङ साइटमा आगो लगाएपछि धुँवाले ‘लमही’ ढाक्यो

शिवु खनाल ११ आश्विन २०८०, बिहीबार समाचार

देउखुरी । बस्ती र जंगलमाथिको आकाश धुवाँले ढाकिएको छ । धुवाँ र दुर्गन्ध बढेपछि स्थानीय गाईबाख्रा चराउन समेत जंगल जान सकेका छैनन् । आगो लगाउनुअघि नजिकै पुग्दा मात्रै दुर्गन्ध थाहा पाउने गरेको भए पनि अहिले बस्ती सम्मै दुर्गन्ध आएपछि स्थानीय पीडित बनेका छन् । जनघनत्व बढि रहेको लमही बजार क्षेत्रबाट दैनिक निस्कने फोहोरलाई लमही नगरपालिकाले अजम्मरी सामुदायिक वनमा फाल्दै आइएको छ । करिब दुई दशकदेखि यहाँ फोहोर फाल्दै आए पनि नगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन ।

 

डम्पिङ साइटसँगै जोडिएको लमही बजार सडकमा सहजै हिँड्न सक्ने अवस्था छैन । प्रदूषणले गर्दा चालक र यात्रुलाई नाक मुख बन्द गरेर डम्पिङ साइट क्षेत्र पार गर्नुपर्ने बाध्यता छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र डम्पिङ् साइडमा लगाइएको आगोबाट निस्किएको धुवाँले आसपासका सबै बस्ती प्रदूषित बनेका छन् । लमही बजारबाट निस्किएको फोहोर फाल्ने डम्पिङ साइटमा आगो लगाएपछि निस्किएको धुवाँको मुस्लोले मानव बस्ती नै धुवाँले ढाकिएको छ । बुधवार वन क्षेत्रमा लागेको डढेलो डम्पिङ साइटको अव्यवस्थित ढङ्गले फालिएको फोहोरको थुप्रोमा लगाइएको हो । विशेषगरी लमहीबजार क्षेत्रमा प्रदूषण फैलिएको छ ।

लमही बसपार्क, आसपासका बस्ती, पूर्वपश्चिम राजमार्ग, सार्वजनिक स्थल लगायतका विभिन्न क्षेत्रमा धुवाँको मुस्लो सहित प्रदूषण फैलिएको छ । दुर्गन्ध सहित मानव बस्तीमा फैलिएको पिरो धुवाँले स्थानीय बिरामी पर्न थालेका छन्। आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएको लमहीका स्थानीय प्रमोद गौतमले बताए । फोहोरको डङ्गुरको भित्रसम्म पुगेको आगो अहिले झन् बढेको छ । नगरपालिकाले डम्पिङ साइट व्यवस्थितगर्न नसक्दा दिनानुदिन समस्या बढ्दै गएको प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् । खुला रूपमा फालिएको फोहोरले वातावरणलाई प्रदूषित बनाएको छ । आगो लगाएपछि निस्किएको दुर्गन्धित धुवाँले रातमा बस्तीमा बसी नसक्नु भएको स्थानीय सुर्दशन थापाले बताए । फोहोरको दुर्गन्धले हैरान छौँ,–। ‘दुर्गन्ध र धुवाँको मुस्लोले बस्तीलाई ढाकि दिँदा सास फेर्नसमेत अप्ठ्यारो हुने गरेको छ ।’यता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवनशर्मा रिजालले प्रदूषणले सास्ती भएको जानकारी गराउँदै नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेको बताए । नगरपालिकामा समस्या राख्दा छिट्टै व्यवस्थापन हुने आश्वासन पाउने गरेको उनले बताए । आश्वासन पाइन्छ, उहाँले भन्नुभयो,–। ‘तर नगरपालिकाबाट काम कहिल्यै भएन ।’

वनमा चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल घट्यो

वनमा पस्ने बित्तिकै सुनिने चराचुरुङ्गीको चिरबिर अजम्मरी सामुदायिक वनमा सुनिन छाडेको छ । रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहलहुन छाड्दा वनको रमाइलो घटेको वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्विी खनालले बताए । अहिले दिनहुँजसो वन क्षेत्रमा आँगो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको उनले बताए । मयुर त जताततै देखिन्थे, यसो खोल्सी तिर पस्ने बित्तिकै थरिथरिका चराको चिरबिर सुनिन्थ्यो, उनले भने,–। ‘अचेल केही दिन यता यी चरा देखिँदैनन् । त्यसैगरी वनमा बाक्लै रहने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएर गएका छन् ।’ डम्पिङ् साइडमा लगाइएको आँगोको कारण आफ्नो बास स्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अरू ज्यान जोगाउन अन्तै गएपछि वन सुनसात भएको उनले बताए ।

वायु प्रदूषणका कारण स्वास्थ्यमाहुने असर

मुटु तथा रत्तनली सम्बन्धी रोग हुने जोखिम लाई बढाउँछ । श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग दमको रोग, दीर्घ श्वासप्रश्वास अवरोध रोग, फोक्सोको क्यान्सरको जोखिमलाई बढाउँछ । मस्तिष्क घात हुने जोखिमलाई बढाउँछ । आँखा, नाक र घाँटिको संक्रमणहरुको जोखिम बढाउँछ । कम तौल भएको बच्चा जन्मने र अवदि नपुग्दै बच्चा जन्मने समस्या हुन्छ ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले फोहोर व्यवस्थापन गर्न माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ । लमही बजारबाट संकलित फोहोर लामो समयदेखि व्यवस्थापन नभएको भन्दै सामुदायिक वनले नगरपालिकाको ध्यानाकर्षण गराएको वनका अध्यक्ष पवन शर्मा रिजालले बताए । बजारको फोहोर व्यवस्थापन गर्न माग गर्दै लमही नगरपालिका कार्य बहाक नगर प्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडाध्यक्षहरुलाई ध्यानाकर्षण गराइएको हो । यस विषयमा लमही नगरपालिकाले डम्पिङ् साइडलाई थप व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको छ । बिहिवार नगरपालिकाले डम्पिङ् साइडको स्थलगत अवलोकन गर्दै, त्यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि कार्यपालिका बैठकबाट निर्णय गरेर अगाडि बढ्ने लमही नगरपालिका कार्यबहाक नगर प्रमुख लक्ष्मी योगीले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार