एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी

उज्यालो प्रतिनिधि ११ आश्विन २०८०, बिहीबार समाचार

काठमाडौँ । गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार ९आरके० शर्माले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

मध्यपूर्वका एनआरएनएका प्रतिनिधि र पत्रकारहरुबीच शर्माले आज बिहान कतारबाट औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । “गैरआवासीय नेपालीको अभियान ः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरेका छन्।

संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए । बाचापत्र सार्वजनिक गर्दै उहाँले भन्नुभयो, “मैले आइसिसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।”

सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजानुपर्ने खाँचे औँल्याउँदै उहाँले आफ्नो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएन बन्ने दाबी गरे । “अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ” उनले भने, “मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।” आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनको प्रतिवद्धता थियो ।

शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने बताउँदै गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भइसकेको छ भने ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय हुनुहुन्छ । उहाँले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरिसक्नु भएको छ । रेका छन् । हाल उनी संघको आइसिसी उपाध्यक्ष हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार