ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण

उज्यालो प्रतिनिधि ११ आश्विन २०८०, बिहीबार समाचार

काठमाडौं । ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न २३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।

ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो  । नयाँबसापार्क भित्र बुधबार भएको प्रशिक्षणमा चाडपर्वमा यात्रुलाई सुरक्षित गन्तव्यस्थलसम्म कसरी सहजै लैजान सकिन्छ भन्नेबारेमा प्रशिक्षण प्रदान गरिएको ट्राफिक वृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

चाडपर्वमा बढी भाडा लिँदा गरिने कारबाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा हुने दुर्घटनालगायतको बारेमा समेत अवगत गराइएको थियो ।

मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँबसपार्कबाट दैनिक ६ सय सवारी साधन देशका ६५ भन्दा बढी जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार